सताक्षी गोल्डकप : त्रिभुवन आर्मी सेमी फाइनल प्रवेश

0
446

दमक । झापाको शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली दार्जिलिङ एम एफ सी क्लब सामु कठिन जीत निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी सेमी फाइनलमा प्रवेश गरेको हो । अत्यन्त प्रतिस्प्रधात्मक भएको खेलमा आर्मीले पाहुना टोली दार्जिलिङको चुतौती २–१ गोलअन्तरले पराजित गर्दै आर्मी विजयी बनेको हो ।

खेलको छैटौ मिनेटमा आर्मीका लागि टेकबहादुर बुढाथोकीले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४७ औं मिनेटमा दार्जिलिङका खेलाडी रैकेत बुमले हानेको फ्रिकिक गोलमा परिणत भएपछि खेल बराबरीमा रहेको थियो ।खेलको इन्जुरी समयको अन्तिम मिनेटमा आर्मीका बुढाथोकी चम्किदा आर्मीको जीत सुनिश्चित भएको हो । अन्तिम मिनेटमा टेकबहादुर बुढाथोकीले हानेको गोलले चाली चुमेपछि आर्मी क्लब भाग्यमानी ठहरिएको थियो ।

खेलको म्यान अफ दी म्याच आर्मी क्लबका सेसेहाङ्ग आङदम्बे घाषित भए । उनले नगद १० हजार प्राप्त गरे । भोली बुधबार गोर्खा बोइज रुपन्देही र लिग विजेता मछिन्द्र क्बल बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेता नगद ६ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिता शिवसताक्षी ११ झिलझिले स्थित गणेशमान सिह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको होे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here