सताक्षी गोल्डकप : आज आर्मी र मानेभञ्ज्याङ भिड्दै

0
589

झापा / झापाको शिवसताक्षी नगरपालिकामा जारी तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मंगलबार तेस्रो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ आमनेसामने हुँदैछन्।

सोमबार भएको खेलमा थ्रीस्टार क्लब अन्तिम चारमा प्रवेश गरेको छ। बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै थ्रीस्टारले फाइनल प्रवेशका लागि आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई प्रतिद्वन्द्वीको रुपमा उभिएको हो। थ्रीस्टारको जितमा सञ्जोग राईले दुई र सुशील राईले एक गोलको योगदान दिए।

खेलको नवौँ मिनेटमा सञ्जोगले सुरुवाती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि सञ्जोगकै एसिस्टमा सुशीलले अग्रता दोब्बर बनाए। खेलको ५३औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोलरक्षक सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले व्यक्तिगत दोस्रो गोल थपेपछि थ्रीस्टार ३–० गोल अन्तरको स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्यो।

खेलको २३ औँ मिनटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्रीस्टारका डिफेन्डरले क्लियर गरिदिए। पहिलो हाफको अन्तिम मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई डिबक्स नजिकै लडाउँदा पाएको अवसरलाई भुषण सुब्बाले सदुपयोग गर्न सकेनन्। खेलको म्यान अफ दि म्याच सन्जोग घोषित भए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here