गाडी नरोकेको भन्दै विद्यार्थीहरुद्धारा ज्ञापनपत्र

0
891

दमक/  दमक बहुमुखी क्याम्पसका बिद्यार्थी संगठनहरुले आज यातायात व्यवसायी संघको ध्यानाकर्षण गर्न इलाका प्रहरी कार्यलय दमकमा एकमुष्ट रुपमा ज्ञापन पत्र बुझाएका छन ।

विद्यालयमा संगठित केही राजनैतिक तथा जातिय संगठनहरुको प्रतिनिधी मण्डलले सोमबार ज्ञापन पत्र बुझाएको हो । नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई सचिब बिशाल सिटौला, आदिवासी जनजाति बिद्यार्थी महासंघ इकाई अध्यक्ष संजय इङ्नाम, समाजवादी विद्यार्थी  युनियन प्रतिनिधि मिलन तामाङ, किरात राई बिद्यार्थी संघ प्रतिनिधि अस्मिता राई, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियनका प्रतिनिधि बिजय राईको टोलीले ज्ञापन पत्र बुझाउदै विभिन्न यातायात व्यवसायी संघहरुमा वोदार्थ पठाएको छ ।

ज्ञापन पत्रमा यातायात व्यावसायी संघले आफुहरुसंग आज भन्दा १ वर्ष अगाडि गरेको सहमति उलंघन गरेको छ । अब पनि यस्ता गतिविधि नियन्त्रण नगरे आन्दोलन गर्ने उल्लेख गरिएको छ । उक्त ज्ञापनपत्रमा प्रत्येक बिद्यार्थीलाई ४५ प्रतिशत छुट दिनुपर्ने र विद्यार्थीहरु चढ्ने गाडी क्याम्पस मोडमा रोक्नुपर्ने पनि उल्लेख छ ।

ज्ञापनपत्र बुझाउने क्रममा बिशाल सिटौलाले आफुहरु सदैब विद्यार्थीहरुको हकहितमा लागेकोले यी कुरालाइ शान्तिपुर्ण ढंगले मिलाउन खोजिरहेको बताए । तर सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गर्दै सिटौलाले अझै पनि यसरी नै चल्नै हो भने विद्यार्थीहरु सडकमा उत्रिनु बाध्य हुने चेतावनी दिए ।

यसरीनै समाजवादी विद्यार्थीका जिल्ला सह–संयोजक सुनिल हताचोले आफुहरुले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहदा पनि चासो नदिएको हो कि हामीलाई खेलाची सम्झिरहेको छ भनेर आक्रोश पोखे । ज्ञापन पत्र बुझेदै इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षकले पनि आफुहरुबाट हुनुसक्ने सहयोग गर्न तत्पर रहेको पनि बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here