दमक नगरपालिकाको छैठौं नगरसभा शुरु, ७ विधेयक पेश

0
741

दमक/ झापाको दमक नगरपालिका चालू आर्थिक बर्षमा खर्चिने तय भएको कूल बजेट मध्ये ४९ करोड रुपैयाँ कटौती भएको छ । आज शुरु भएको छैठौं नगर सभामा विनियोजन विधेयक २०७६ माथी संशोधन प्रस्ताव पेश गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले बजेट संशोधनको प्रस्ताव पेश गरेकी छन् ।

कटौती भएको मध्ये विश्व बैंक परियोजनाको २० करोड , नगर विकास कोषको ऋण १४ करोड २८ लाख र सामाजिक सुरक्षा भत्ता वापतको १५ करोड रुपैयाँ रहेको छ । विश्व बैंकले पूर्वाधार विकासमा सहयोग गर्ने तय भएको बजेट प्राप्तीको सुनिश्चितता नरहेको र नगर विकास कोषको ऋण समझौता हुन नसकेको बताइएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता वापतको रक मभने लाभग्राहीको बैंक खातामा संघीय सरकारले सोझै जम्मा गरेका कारण बजेट संशोधन भएको हो । दमकको पाँचौं नगर सभामा १ अर्ब ६५ करोड ४१ हजार ३ सय ५० रुपैयाँको बजेट पारित भएको थियो । तर संशोधन पश्चात चालू आर्थिक बर्षको एक अर्ब १० करोड १३ लाख ३५ हजार रुपैयाँ मात्रै निर्धारण गर्न प्रस्ताव गरिएको छ ।

नगर सभामा ७ वटा नयाँ कानुनको मस्यौदा पनि पेश भएको छ । नगर प्रहरी विधेयक २०७६, आधारभुत तथा मावि शिक्षा विधेयक २०७६, पूर्वाधार विकास व्यवस्थापन विधेयक २०७६ , प्रशाासकिय कार्यविधि नियमावली विधेयक, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन विधेयक, संस्था दर्ता विधेयक र वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन विधेयक पेश भएको हो । पेश भएका विधेयकहरुमाथी आगामी फागुन १२ गते सम्म सुझाव पेश गर्न नगर सभा सदस्यहरुलाई समय दिइएको छ । नगर सभा बैठक नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको थियो । बैठक फागुन २३ सम्मका लागि स्थगित भएको प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले जानकारी  दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here