सताक्षी गोल्डकपमा थ्रिस्टार विजयी

0
322

शिवसताक्षी,फागुन ५ । तेस्रो सताक्षी गोल्डकपको सोमबार भएको दोस्रोे खेलमा थ्रि स्टार फुटबल क्लब विजयी भएको छ । बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रि स्टार अन्तिम चारमा प्रवेश गरेको हो । बेलबारी प्रदेश लिगको उपविजेता टिम हो ।

दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमै थ्रि स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि सञ्जोगकै पासमा सुशील राईले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोल किप्पर सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले एक गोल थप्दै टिमलाई ३–० मा पुर्याएका थिए । खेलका म्यान अफ दि म्याच थ्रि स्टारका दुई गोलकर्ता सञ्जोग राई घोषित भए ।

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, रुपनदेही ११, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जि्लिङको एमएफसीले सहभागी रहेको आयोजकका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । त्यसै गरि प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको प्रेस संयोजक योगेन लावतीले जनाए । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here