दमक उद्योग वाणिज्य संघमा थपिए दुइ सदस्य, यसरी लिए सपथ

0
584

दमक /दमक उद्योग वाणिज्य सङ्घले पुर्णता पाएको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठले विधानअनुसार कार्यसमिती सदस्यको सल्लाहमा कार्यसमिती सदस्यमा बुद्धिसागर बराल र राजेश शाहलाई मनोनित गरेसँगै सँघले पूर्णता पाएको हो ।

मनोनित बराल र शाहले शनिबार एक कार्यक्रमका बिच सपथ लिएका छन् । उनिहरुलाई अध्यक्ष गोकुल श्रेष्ठले शपथ खुवाए । सो पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा अध्यक्ष श्रेष्ठ ,निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल ,पूर्वअध्यक्षहरु बिजय बराल ,प्रकाश प्रसाई ,घनेन्द्र योङ्या ,गोविन्द बस्नेत, बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई लगायत ब्यवसाहिको उपस्तिथी थियो । कार्यक्रममा पूर्वअध्यक्ष बिजय बराल, प्रकाश प्रसाई ,र अध्यक्ष श्रेष्ठले बोलेका थिए । उनिहरुले उद्योगी ब्यवसाहिको हितमा निरन्तर काम गर्न मनोनित सदस्यहरुलाई सुझाव दिए ।

गएको भाद्र १४ गते भएको निर्वाचनमा  संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको थियो ।

अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको थियो । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए ।

अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ विजयी बने । उनले एक हजार ४११ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी खतिवडाले ९१६ मत प्राप्त गरे । अध्यक्षमा ४९५ मतान्तर रह्यो ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहेक सबै पदहरुमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा एक हजार २७६ मत ल्याएर प्रगतिशीलका गोपाल गुरागाईं विजयी बने । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका सुरज आचार्यले एक हजार २१ मत प्राप्त गरे । त्यसैगरी प्रथम उपाध्यक्ष लोकतान्त्रिककै राजु खड्काले एक हजार २०९ मत प्राप्त गरी विजयी बने । उनका प्रतिद्वन्द्वी प्रगतिशीलका युवराज घिमिरेले एक हजार ७३ मत प्राप्त गरेका थिए । यस्तै द्वितीय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले एक हजार १२ मत ल्याई विजयी बने भने उनका प्रतिद्वन्द्वी प्रगतिशीलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टीकाराम प्रसाईंले ३५५ मत प्राप्त गरेका थिए ।

यस्तै, तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु (१२०२) विजयी बनिन् । उनले प्रगतिशीलका ज्ञाननाथ पौडेललाई पराजित गरेकी हुन् । पौडेलले एक हजार ६१ मत प्राप्त गरेका थिए । खुला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुष्मा निरौला र प्रगतिशीलकी लक्की सिटौला विजयी बनेका थिए ।

वस्तुगतततर्फ लोकतान्त्रिक समूहबाट दुई र प्रगतिशीलबाट तीन विजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकाल र रुबल अधिकारी विजयी बनेका हुन् भने प्रगतिशीलका गायत्री पौडेल, राजेश अधिकारी र दिनेश सुवेदी विजयी बने ।

यसैगरी ६ खुला सदस्यतर्फ चन्द्र खत्री, तुलसीराम तिम्सिना, नवीन अग्रवाल, असिम राई, भरतकुमार चम्लागाईं, राजकुमार थापा विजयी बनेका थिए ।

यसैगरी, पाँच सदस्यीय वस्तुगतमा मोहन ढकाल, रुबल अधिकारी, गायत्री पौडेल (सन्तोष), दिनेश सुवेदी, राजेश अधिकारी तोया निर्वाचित भएका थिए । तीन सदस्यीय लेखातर्फ संयोजकमा खोमप्रसाद बगाले, सदस्यमा कृष्णराज दाहाल र मोहन मागर मिन विजयी बनेका थिए । दुई सदस्य थपिएपछि संघले पुर्णता पाएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here