नेपाल–चीन मैत्री औद्योगिक पार्क: मुआब्जा रकमको सही सदुपयोग गर्न आग्रह

0
526

दमक ,फागुन ३/  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले सक्रमणकालीन अवस्थामा नेपालका उद्योग धन्दामा प्रत्यक्ष असर परेको र सोही पक्षलाई मध्यनजर गर्दै झापामा क्लिन औधोगिक पार्क निर्माण गर्न लागेको बताएका छन् ।

लगानी बोर्ड मार्फत औधोगिक क्षेत्र ब्यवस्थापन समिति लिमिटेडले दमकमा आयोजना गरेको बित्तीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कंडेलले यस्तो बताएका हुन् । उनले मुआब्जा लगायतका सबै समस्या समाधान गर्दै अगाडी बढ्न सुझाएका छन् । लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले लगानी बोर्डले लगानी गर्ने नभई लगानीकर्ताहरुसँग समन्वयन गर्ने बताए ।

उनले लगानी गर्न चाहाने लगार्नीकर्ताहरुलाई हार्दिक स्वागत गर्ने बताए । उद्योगलाई ब्यवस्थित गरी सञ्चालन गर्न सके स्थानिय स्तरमा नै रोजगारी सिर्जन गर्न सकिने उनले बताए । लगानी बोर्डका सहसचिव बलराम रिजालले यो औधोगिक पार्क परिकल्पना अनुसार नेपालकै नमुना बन्ने बताए ।

औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेड दमकका अध्यक्ष नन्द किशोर बस्नेतले उद्योग बन्ने कुरामा शंका नगर्न आग्र्ह गरे । उनले मुआब्जा बापत दिएको रकम खेर जान नहुने र एक घर, एक ब्यवसाय, सञ्चालन होस् भन्ने आफुहरुको चाहाना रहेको बताए ।

उनले लगानी बोर्डले लगानी गरेको पैसा त्यतिकै खेर नफाल्न र आफ्ना सन्ततीका लागी गौरवको बिषय बन्नुपर्नेमा जोड दिए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यो औधोगिक पार्कबाट बातावरणमा कुनै असर नपर्ने पुष्टी भएकाले यसको नाम क्लिन ओधोगिक पार्क राखिएको जानकारी दिए ।

गौरादह नगरपालिकाका प्रमुख रोहित शाहले यो औधोगिक क्षेत्रले दमक, कमल र गौरादहका स्थानिय बासिन्दाले प्रत्यक्ष फाईदा लिन सक्ने बताए । यस्तै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले यो औधोगिक क्षेत्रबाट नेपालको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने र बेरोजगारी समस्यालाई केही मात्रामा भए पनि हल गर्ने बताईन् ।

नेपाल–चीन मैत्री औद्योगिक पार्क नेपाल र चीन सयुक्त लगानीमा बन्न लागेको औधोगीक पार्कको परियोजनाबाट क्षतिपूर्ती पाउनेहरुका लागी सो बित्तीय सचेताना कार्यक्रम आयोजना गरएको बताइएको छ । मुआब्जाबाट प्राप्त रकमको सही सदुपयोग होस् भनेर सो वित्तीय सचेतना कार्यक्रमको आयोजना गरिएको औधोगिक क्षेत्र ब्यवस्थापन समिति लिमिटेड दमकले जनाएको छ ।

मुआब्जाका बिषयमा केहि असन्तुष्टि रहेको र त्यो सहमतिका आधारमा अगाडी बढ्ने औधोगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले बताए । उनले जग्गा धनिहरुको घरमेै पुगेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

यसरी बितरण गरिदैछ मुआब्जा रकम
प्रस्तावित औद्योगिक क्षेत्रको जग्गालाई ४ श्रेणीमा बिभाजन गरेर मुआब्जा बितरण गरिदै आएको छ । जसमा कमल गाँउपालिकामा ख, ग र घ श्रेणी र दमक, गौरादहमा क, ख, ग र घ गरि चारै श्रेणी जग्गा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकले जनाएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘क’ श्रेणीमा रहेको बस्ती र बाटो भएको जग्गालाई प्रति विगाहा रु ४५ लाख, खेती योग्य ‘ख’ श्रेणीको जग्गालाई रु ३९ लाख, त्यसैगरि कासघारीको जग्गा ‘ग’ श्रेणीको रु ९ लाख ८० हजार र ‘घ’ श्रेणीको बलुवा र रतुवा खोला बग्दै गरेको नम्बरी जग्गाको रु २ लाख रुपैया मुआब्जा निर्धारण गरेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा यस क्षेत्रमा एक हजार ६ सय ८४ विगाहा जग्गा हुने छ । २०७२ साल चैत्र १ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णयबाट मुआब्जा निर्धारण गरि बितरण शुरु गरिएको भएपनि सम्बन्धित केहि जग्गाधनीहरुले मुआब्जाको मूल्य निर्धारणमा असन्तुष्टि जनाएपछि २०७३ साल असार २ गते पुनः बसेको मन्त्रिपरिषदको बैठकले मुआब्जाको दर रेटमा पुनः शंसोधन गरेको थियो । चीन र नेपाल लगानी वोर्डको सहयोगमा निर्माण हुन लागेको औद्योगिक पार्क चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हुने जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here