प्रधानमन्त्री ओली फागुन ४ गते दमक आउँदै, यस्ताे छ कार्यक्रम तालिका

0
1522

दमक ,फागुन २ /प्रधानमन्त्री केपी शर्मा ओली फागुन ४ गते आईतबार गृहनगर दमक आउने भएका छन् । ओलीको गृहनगरमा भएको बिकासे योजनाहरुको शिलन्यास र उद्घाटनका लागी उनि दमक आउने भएका हुन् ।

ओली यति एयरको विमानमार्फत भद्रपुर हुँदै दमक आउने र दमकको कृष्णमन्दिरदेखि बेलडाँगी जोड्ने कालोपत्रे सम्पन्न भएको सडक , दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको पुलको उद्घाटन गर्ने प्रधानमन्त्री ओलीको सचिवालयका सदस्य होम थापाले जानकारी दिए ।

सोही दिन दिउँसो १:१५ बजे बहुप्रतिक्षित दमक चिसापानी रवि सडकको कालोपत्रेका लागी शिलन्यास गर्ने कार्यक्रम रहेको थापाले बताए । नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयको बहुबर्षे आयोजना अन्तरर्गत सो सडकको ३ खण्डमा ठेक्का लागेको उनले बताए । शिलन्यास पछि आयोजित सभालाई समेत प्रम ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा पुर्वप्रधानमन्त्री माधव नेपाल , संविधानसभाका अध्यक्ष एवम् नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ्ग, भौतिक योजनामन्त्री बसन्त कुमार नेम्बाङ्ग, प्रदेश एकका मुख्यमन्त्रि शेरधन राई ,प्रदेसमन्त्रि ,प्रदेशसांसद लगायत सरकारका उच्चपदस्थ कर्मचारीहरुको सहभागिता रहने थापाले जानकारी दिए । सभामा इलाम, झापा र मोरङ्गका जनप्रतिनिधी र स्थानिय नागरीकहरुको उल्लेखिय सहभागिता रहने उनले बताए ।

त्यस्तै ओलीले सोही दिन दमकमा निर्माण सम्पन्न भएको एकिकृत नमुना वस्तीको समेत चाँबी हस्तान्तरण गर्ने कार्यक्रम छ । सो नमुनावस्ती दमक नगरपालिका ,प्रदेश र केन्द्र सरकारको सयुक्त आयोजनामा सम्पन्न भएको हो । थापाले प्रधानमन्त्रि ओलीको निर्वाचन क्षेत्र झापा ५ को बिकास निर्माण हेर्ने गरेका छन् । प्रम ओली सोही दिन काठमाडौ फर्कने छन् ।

 प्रधानमन्त्री के.पी शर्मा ओलीकाे  कार्यक्रम तालिका 

१) दिउँसो १२ः१५ बजे कृष्णमन्दिर चोक, सडक उद्घाटन दमक ४

२) १ बजे, दमक र मोरङको मिक्लाजुङ्ग जोड्ने मावाँ खोलाको उद्घाटन दमक ३

३)  १ः १५ बजे रविचिसापानि सडक शिलन्यास, बेलडागी जिरो पोईन्ट इलाम र झापाकाे सिमानामा  दमक २

४) १ः३० बजे मन्तव्य, बेलडागी खेल मैदान  दमक २

५) २ः३० बजे दमक १ बिपन्न नमुना बस्ति उद्घाटन साथै हस्तान्त्रण

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here