दमकमा मनाइयो २५ औं जनयुद्ध दिवस

0
445

दमक, फागुन १ / नेकपा दमक नगर कमिटिले २५ औं जनयुद्ध दिवस मनाएको छ । आज एक कार्यक्रम आयोजना गरि नगर कमिटिले उक्त दिवस मनाएको हो ।

कार्यक्रममा नेकपाका नेता तथा कार्यकताहरूको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरूले शहीदको फोटोमा माल्यार्पण गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा प्रदेश सदस्य विरेन्द्र बस्नेतलले जनयुद्धले नेपालको सामाजिक र राजनैतिक रूपमा मुलुकमा धेरै परिवर्तन ल्याएको बताए । ‘केन्द्रदेखि गाउँ सम्म ब्यप्त सामन्ती आर्थिक सामाजिक स्थितिमा आमुल परिवर्तन आएको छ,’ उनले भने, ‘सामन्ती राजतन्त्रको अन्त्य गरदै गणतन्त्र स्थापना भएको छ ।’ नेपालमा जनयुद्ध र शान्तिपूर्ण संघर्षको फ्युजनबाट मात्रै आन्दोलन सफल भएको उनको भनाई थियो ।

नेकपाकै प्रदेश कमिटि सदस्य होमबहादुर थापाले जनयुद्धमा नेपाली जनताले देखाएको त्याग समर्पण र बलिदानको गाथा महत्वपूर्ण रहेको बताए । कार्यक्रममका सहभागि वक्ताहरूले नेपालमा जनयुद्ध र शान्तिपूर्ण संघर्षको फ्युजनबाट गणतन्त्र स्थपाना भएको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here