भोलीदेखि दमकमा प्याब्सनको नगरस्तरीय खेलकुद हुदै

0
205

दमक,माघ २९/ झापाको दमकमा भोली विहिबार देखि शनिबार सम्म ३ दिने नगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । २०५४ सालबाट बर्षैपिच्छे हुदै आएको नियमित तालिका अनुसार प्याब्सन दमक झापाको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा दमक नगरका ४५ बिद्यालयका करिब २ हजार बिद्यार्थीले सहभागिता जनाउने प्याब्सन झापाका खेलकुद उपसमिती सहसंयोजक पारसमणि नेपालले बताए । बिद्यार्थीहरुमा रहेका अन्तरनिहित प्रतिभाहरुको प्रष्फुटन गराउने उद्धेश्यका साथ यो खेलकुद प्रतियोगिता आयोजन गर्न लागिएको उनले बताए । प्याब्सन झापाले यस अघि पनि झापाका विभिन्न स्थानिय तहरुमा यस प्रकारका प्रतियोगिता गरिसकेको उनले जानकारी दिए ।

प्रतियोगितामा कक्षा पाँच सम्मका विद्यार्थीका लागी सय मिटर दौड यस्तै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई टिटि सिंगल र डबल छात्रा छात्र दुबैलाई खेलाइने बताइएको छ । यस्तै कक्षा ९ र १० का विद्यार्थीहरुका लागी टिटि सिंगल र डबल छात्रा छात्र दुबैलाई खेलाईने छ ।

भलिबल छात्रा छात्र दुबैले भिन्नभिन्दै प्रतिस्पर्धा गर्नेछन् भने क्रिकेट र फुटबलमा भने छात्रहरुले मात्र सहभागिता जनाउने प्याब्सन दमक नगर उपाध्यक्ष राजन प्रशाईले जानकारी दिए । प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागी रु ५ लाख खर्च हुने अनुमान गरिएको छ ।

यसैबिच प्याब्सन झापाको आयोजनामा यहि फागुन ५ ,६ र ७ गते आदीबासी रङ्गशालामा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने प्याब्सन झापाका खेलकुद उपसमिती सहसंयोजक नेपालले बताए । उनका अनुसार बिजेता बिद्यार्थीहरुलाई पुरस्कारको ब्यवस्था गरिएको छ । प्याब्सनले यसअघि पनि बिद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउने खालका बिभिन्न अतिरिक्त कार्यकलापहरु गर्दै आएको नेपालले जनाए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here