मिडियाहरुले स्थानीय विषयलाई प्राथमिकता दिनुपर्छ : मन्त्री कार्की

0
149

दमक, माघ २९/ एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले अवका मिडियाहरुले स्थानीय विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

नवौं विश्व रेडियो दिवशको अवसरमा ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) एक नम्वर प्रदेश समितिले दमकमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले स्थानिय नागरिकहरुका गुनासा र समस्यालाई प्रथमिकता दिएर कार्यक्रमहरु उत्पादन गर्नु पर्ने बताएका हुन् । फरक प्रशंगमा बोल्दै मन्त्री कार्कीले मुलुक लोकतान्त्रिक गणतन्त्रको मार्गवाट विकास र समृद्धीको बाटोमा अघि बढीसको भन्दै अव भूमिगत आन्दोलनको कुनै अर्थ नरहेको पनि बताए ।

अहिले जनताको अधिकार प्राप्तीको लागी आन्दोलन गनु पर्ने अवस्था नरहेको भन्दै उहाँले मुलुक निर्माणको एजेण्डा लिएर वार्तामा आउन विप्लब समुहलाई आग्रह समेत गरे । पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा र बान प्रदेश १ का अध्यक्ष डाक्टर सन्देशदास श्रेष्ठले मिडियाको वर्तमान अवस्था र चुनौतिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा मिडियामा चुनौती थपिँदै गएको रेडियो सञ्चालकहरुले बताएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here