सिद्धार्थ कप भलिबल प्रतियोगिता : कान्तिपुर सिटी कलेज र ग्लोबल एजुकेसनल एकेडेमी बिजयी

0
335

दमक,माघ २७ /  झापाको दमकमा सिद्धार्थ कप अन्तर बिध्यालय भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ  ।

दमक ७ मा रहेको सिद्धार्थ अग्रेजी बोडिङ्ग स्कुलको आयोजनामा माघ २२ गते देखि २५ गते खेल संचालन भएकाे थियाे । प्रतियोगीतामा झापा मोरङ्गका बिभिन्न बिध्यालयले सहभागीता जनाएका थिए। पुरुष र महिला दुवै बिधामा खेल संचालन भइरहेको थियाे । प्रतियोगीताको  छात्र तर्फको उपाधी बिराटनगरको कान्तिपुर सिटी कलेजले जितेको छ भने छात्रा तर्फ दमक स्थीत ग्लोबल एजुकेसनल एकेडेमीले  जितेको छ ।

शनिबार भएकाे फाइनल खेलमा छात्र तर्फ बिराटनगरको कान्तिपुर सिटी कलेज र आयाेजक समेत रहेकाे सिद्धार्थ अग्रेजी मावी  बिच खेल भएकाे थियाे । जसमा कान्तिपुर सिटी कलेज ले जित हासिल गरेकाे थियाे । त्यस्तै छात्रा तर्फ दमक स्थीत ग्लोबल एजुकेसनल एकेडेमी र आयोजक समेत रहेकाे सिद्धार्थ अग्रेजी मावी  बित खेल भएकाे थियाे जसमा ग्लोबल एजुकेसनल एकेडेमी ले जित हासिल गरेकाे थियाे ।

बिजेता दुबै टिमलाइ कार्यक्रमका  प्रमुख अतिथि दमक नगरपालिकाका मेयर राेमनाथ आेली र  सिद्धार्थ अग्रेजी स्कुलका संस्थापक प्रधानअध्यापक तेज कुमार श्रेष्ठले संयुक्त रूपमा नगद १५ हजार सहित प्रमाण पत्र मेडल र ट्रफि बितरण गरेका थिए । सिद्धार्थ कप अन्तर बिध्यालय भलिबल प्रतियोगिता आगामी वर्ष देखि निरन्तर सन्चालन गरीने आयोजक ले बताएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here