क्लब हिमालयन टाइगर सहित दमकका चार सँस्थाले गरे इलाम चुलाचूलीका बिद्यार्थीलाई न्यानो कपडा बितरण

0
523

दमक, माघ २६ / क्लब हिमालयन टाइगर सहित दमकका चार सँस्थाले इलाम चुलाचूली गाउँपालिका ५ को भानु मावीका विपन्न ९३ जना बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ ।

आइतबार  विद्यालयको न्यानो कपडा बितरण दिवाखाजा कार्यक्रम संचालन समिति को आयोजनामा भएको थियो। कार्यक्रममा कक्षा ७ का २३ छात्र छात्रालाई न्यानो कपडा बितरण गरिएको थियाे ।  त्यसै गरी सो कार्यक्रममा  जेसीआर र होटल म्यानेजमेन्ट इसिटच्यूट दमकले कक्षा ६ का २० जना छात्र छात्रा न्यानो कपडा बितरण गरेको छ भने यात्रा होलीडे ट्राभल्स एड टूर्स दमकका संचालक टिका खरेल र कलर्स फेसनवएर्सका संचालक सबीन बेनेहानगले कक्षा ८ का ५० जना छात्र छात्रालाई न्यानो कपडा बितरण गरेका थिए ।

कार्यक्रममा  प्रमुख अतिथि चुलाचूली गाउपालिकाका अध्यक्ष प्रदीप चन्द्र राई बिशेष शिक्षा अधिकृत राम प्रसाद न्यौपाने ,वडा प्रतिनिधि तथा विद्यालय व्यबस्थापन समिति सदस्य लश्मी प्रसाद न्यौपाने,अतिथि भानु मावीका प्र.अ रघुनाथ मिश्र क्लब हिमालय टाइगर का उपाध्यक्षक्ष जे विमली सचिब कुमारबाबू गजुरेल लगायत क्लबका सदस्यलगायतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here