ग्रेस इन्टरनेशनलको पहिलो सेमिनार दमकमा हुदै

0
434

दमक, माघ २७ /  विगत १३ वर्ष देखि निरन्तर वैदेशिक शिक्षा तथा परामर्श सेवाका पोख्त व्यक्तिहरुद्वारा संचालित ग्रेस इन्टेरनेशल दमक शाखाले यहि आउदो फाल्गुन २ गतेका दिन दमकमा बृहत शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ।


ग्रेस इन्टरनेशनलले विशेष गरि अस्ट्रेलिया, वेलायत, न्युजिल्यान्ड, अमेरिका तथा अन्य विश्व प्रख्यात शैक्षिक हब भएका देशहरुका सेवा नेपालका ११ साखा र अन्य ५ अस्ट्रेलिया, पकिस्तान र भारत लगाएतका शाखा बाट सेवा प्रदान गर्दै आएको छ। अन्तरास्ट्रिय गुणस्तरको शैक्षिक योग्यता हासिल गर्न चाहानेहरुका माझमा एक अलग पहिचान बनाएको यस संस्थाले विगत १३ वर्ष देखि निरन्तर सेवा प्रदान गर्दै आएको छ।

करिब दुई वर्ष देखि आफ्नो नेपाल भित्रको ११औं शाखा दमक बाट आफ्ना सम्पुर्ण सेवा प्रदान गर्दै आएको यस संस्थाले यहि आउदो फाल्गुन २ गते (फेब्रुअरी ४) का दिन बृहत शैक्षिक सेमिनार गर्ने भएको छ। यस कार्यक्रममा अस्ट्रेलिया तथा यु.के. का विश्वविद्यालय प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता हुने भएकाले उक्त कार्यक्रम वैदेशिक उच्च शिक्षा हसिल गर्न चाहाने विद्यार्थीहरुका लागि अति नै लाभदायी हुनेछ।

ग्रेस इन्टेरनेशल दमक शाखा स्रोतका अनुसार कार्यक्रममा अस्ट्रेलिया र यु.के. विश्वविद्यालयका प्रतिनिधिहरु बाट नै कार्यक्रम सहजीकरण हुने हुदा विद्यार्थीहरुले आफ्ना मनमा लागेका गुनासो तथा प्रश्नहरु उक्त प्रतिनिधि सामु खुलस्त रुपमा राख्न पाउनेछन। उक्त कार्यक्रममा IELTS, TOEFL, PTE जस्ता अङ्ग्रेजी भाषा प्रशिक्षण कक्षाका बारेमा पनि सहजीकरण हुनेछ।
उक्त कार्यक्रमामा अस्ट्रेलियाका टोरेन्स विश्वविद्यालय (Torrens University) र यु.के. का लागि स्टडी सेन्टर (Study Center) का प्रतिनिधिले सहजिकरण गर्नेछन।

ग्रेस इन्टेनेशनल विगत १३ वर्ष देखि निरन्तर गुणस्तरीय तथा सहज सेवा प्रदान गर्दै वैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुका माझमा पहिलो रोजाइ बन्दै आएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here