दमक रनका याङ देव राईले उचाले देवदह म्याराथनको उपाधी

0
472

देवदह , माघ २५  देबदह म्याराथुनको उपाधी दमकरनका याङ देव राईले जितेका छन। १४.५ किलोमिटर दुरि ५० मिनट ०४ सेकेन्डमा पूरा गर्दै राई पहिलो भएका हुन् ।

प्रतियोगितामा २ सय १७ जनाले सहभागीता जनाएका थिए । त्यस्तै,५० मिनेट ०६ सेकेन्डमा दुरि पूरा गरेका बुटवलका सुबास कार्की दोश्रो स्थान हासिल गरे भने ५० मिनेट ३१ सेकेन्डमा पूरा गर्दै महोत्तरीका नारायण कुमार कुशहवा तेश्रो भएका हुन् ।त्यसैगरी महिला तर्फ जुम्लाकी बन्दना बुढाले १ घन्टा ०३ मिनट ४८ सेकेन्डमा दुरि पूरा गर्दै पहिलो भईन । १ घन्टा ०८ मिनट ४२ सेकेन्डमा पूरा गर्दै बर्दियाकी कल्पना थारु दोश्रो र दाङकि अनिसा चौधरीले १ घन्टा १० मिनट २५ सेकेन्डमा दुरि पूरा गरी तेश्रो भइन । म्याराथनमा बिजेताहरुले प्रथम ,दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ दुबैले नगद रु १५ हजार ,मेडल र प्रमाणपत्र ,१० हजार ,मेडल र प्रमाणपत्र र ५ हजार सहित मेडल र प्रमाणपत् क्रमशः पाएका थिए । खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन देवदह नगरपालिकाको भवन हुँदै , सिगाहा , भवानिपुर (बुद्धको मावली घर ) ,पाकडी ,शान्तिनगर, मायादेवी पार्क ,बन चौकी हुँदै पुन: बुद्ध चोक आएर टुङ्गिएको थियो । लियो क्लब अफ लर्ड बुद्ध रुपन्देहिको आयोजना र युनि क्याम्पस एजुकेस्नल कन्सलटेन्सीको सह-आयोजनमा क्वाटर म्याराथन २०७६ सम्पन्न भएको हो ।

कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा केसि, देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङ , लियो डिस्टृक ३२५ बि २ का अध्यक्ष लियो सरोज कंडेल लगाएतले बोलेका थिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिकले कार्यक्रममा बोल्दै लियो क्लब अफ लर्ड बुद्धले देवदहलाई चिनाउने गरि म्याराथुनको आयोजना गरिएको भन्दै प्रशंसा गरे। देवदह महामानब गौतम बुद्धको जीवन संग सम्बन्धित देवदहका पर्यटकिय स्थलको विकाशमा ईट्टा थप्ने काम गरेको र देवदहको खेलकुदमा महत्त्वपूर्ण योगदान गरेकोमा क्लबलाई उहाले धन्यवाद दिनु भएको थियो । क्लबका अध्यक्ष लियो कमल ज्ञवालीको अध्यक्षता, प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक लियो सन्दिप तिवारीले स्वागत गरेका थिए । कार्यक्रमको संचालन भने कमला अर्यालले  गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here