तेस्रो सताक्षी गोल्डकपको तयारी तिब्र, फागुन ४ बाट सुरु हुने

0
415

शिवसताक्षी, माघ २६ /  झापामा फागुनको पहिलो साताबाट सुरु हुन लागेको तेस्रो संस्करणको सताक्षी गोल्ड कपको तयारी तिब्र गतिमा अघि बढाइएको छ ।

शिवसताक्षीको गणेशमान अध्ययन प्रतिष्ठान झिलझिलेको खेल मैदानमा हुने गोल्डकपका लागि तयारी तिब्र गतिमा अघि बढाइएको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जनाएको छ ।

सतासी गोल्डकप फागुन ४ गते सुरु हुने शिवसताक्षी नगर खेलकुद विकास समिति अध्यक्ष फुर्वा तामाङ्गले जानकारी दिए । फागुन ३ गतेको मिति यस अघि सार्वजनिक भएको थियो । उनले भने, ३ गते टाडाबाट आउने टिमलाई सहज नहुने भएकाले ४ गते सारिएको जानकारी दिए । खेल फागुन ४ गतेबाट सुरु भई ११ गते समापन हुने छ ।

गोल्डकपका लागि ग्राउण्ड मर्मत, प्याराफिट र घेराबाराको सम्पूर्ण काम मंगलबारसम्ममा पुरा हुने आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबले जनाएको छ ।गोल्डकप सफल बनाउन स्थानीय स्तरबाट स्वस्र्फत सहयोग मिलेको अध्यक्ष तामाङ्गले जानकारी दिए । विगतमा भएका गोल्डकपको अनुभव लिएका लावतीले यस पल्टको गोल्डपको तयारी अघिल्ला गोल्डकप भन्दा राम्रो र व्यवस्थित हुने बताए ।

गोल्डपमा हालसम्म अन्तराष्ट्रिय एक टिमसहित ८ टिमको कुरा भई रहेको शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फूर्वा तामाङ्गले जानकारी दिए । जसमा नेपाल आर्मी क्लब, मनाङ्ग मस्र्याङ्गदी क्लब, थ्रिस्टार क्लब, मचिन्द्र फुटबल क्लब, रुपन्देही ११, च्यासल थुथ क्लब, दार्जिलिङ्ग फुटबल क्लब र आयोजक झापा रहेका छन् ।

गोल्कपको प्रथम पुरस्कार ६ लाख, दोस्रो पुरस्कार ३ लाख, म्यान अफ दी सिरिज ५० हजार, हाइस्कोर २५ हजार रहेको बताइएको छ । त्यस्तै उत्कृष्ट मिड फिल्ड, उत्कृष्ट फरवर्ड, उत्कृष्ट डिफेन्स, उत्कृष्ट किपरलाई २०-२० हजार प्राप्त गर्नेछन् भने म्यान अफ दी म्याच ५ हजार पाउने बताइएको छ ।

गोल्डकमा अनुमानित ७६ लाख खर्च हुने आर्थिक संयोजक सनम इजमले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिकाबाट १० लाख सहयोग र अन्य दाता, मुख्य प्रायोजक, सहायक प्रयोजकहरुको सहयोगबाट गोल्डकप सफल बनाउने बताए ।

गोल्डकपका लागि खेल मैदान मर्मत गर्ने काम सुरु गरिएको छ । करीब ७ हजार दर्शक अट्नेगरी प्याराफिट निर्माण गरिएको बताइएको छ । प्रथम सताक्षी गोल्डकपको उपाधि महेन्द्र पुलिस क्लब र दोस्रो गोल्कपको उपाधि नेपाल आर्मी क्लबले हात पारेको थियो । तेस्रो सताक्षी गोल्डप शिवसताक्षी नगरपालिकाको समन्वयमा हुन लागेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here