दमक ,माघ २५/ प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिम्मत कार्कीले दमकमा प्रदेशस्तरिय एकिकृत अपाङ्ग पुर्न स्थापना केन्द्रको शिलान्यास गरेका छन् ।
शनिबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले सो एकीकृत पुर्नस्थापना केन्द्रको शिलान्यास गरेका हुन् । दमक अपाङ्ग सहयोग समितिको अग्रसरतामा, दमक नगरपालिका र स्थानिय जग्गा दाताहरूका साथै विभिन्न संघ संस्थाको सहयोगमा अपाङ्गता भएका नागरिकहरुको आवासीय उपचार, पुर्नस्थापना, सिप, तालिम र परामर्श उपलब्ध गराउने उद्धेश्यका साथ सो पुर्नस्थापना केन्द्रको स्थापना गर्न लागिएको हो ।
यस्तै अपाङ्गता भएका स्थानीय बालबालिकाहरुका लागि बालकक्षा सञ्चालन गर्ने बृहत उद्देश्य र योजना बोकेको प्रदेशस्तरिय अपाङ्ग पुर्नस्थापना केन्द्रको मन्त्रि कार्कीले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान सरकार हरेक वर्ग क्षेत्र र समुहका लागी समान अवसर दिन तयार रहेको बताए । उनले फरक क्षमता भएका नागरिकका लागी बिशेष योजना बनाएर अगाडी बढ्ने बताए ।