दमक ३ का दुई विद्यालयमा लागु औषध विरुद्ध प्रशिक्षण

0
579

दमक, माघ २६ / दमक नगरपालिका वडा नं ३ का थप दुई विद्यालयका विद्यार्थी र अभिभावक प्रतिनिधिहरुलाई लक्षित गर्दै लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चुलाचुली आधारभुत विद्यालय र जनज्योती आधारभुत विद्यालयका ६० जना विद्यार्थीहरु र अभिभावक प्रतिनिधिहरुलाई सो प्रशिक्षण दिइएको हो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य र वडाध्यक्ष नविन बरालको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय दमक, सामुदायिक प्रहरी सेवा केन्द्र र हेप्पी नेपालको सहयोग रहेको थियो । मदानी मिडियाको संयोजनमा भएको सो कार्यक्रममा नगर प्रमुख ओलीले लागुऔषधमुक्त समाज निर्माण गर्ने अभियानमा जुट्न अभिभावक र विद्यार्थीहरुलाई आव्हान गर्नुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना, जनज्योती आधारभुत विद्यालयका प्रधानाध्यापक दलबहादुर तामाङ, चुलाचुली आधारभुत विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद गुरागाइँ लगायतले कार्यक्रमको महत्वबारे बोल्नु भएको थियो । वडा सदस्य तथा चुलाचुली आधारभुत विद्यालयकी अध्यक्ष तनकुमारी दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो ।। यस अघि दमक ३ कै ढुकुरपानी मावि र शरणार्थी शिविरस्थित पञ्चावटी एकाडेमीका २ सय बढी विद्यार्थीलाई सोहि प्रकृतिको प्रशिक्षण प्रदान गरिसकिएको वडा सचिव सन्दिप सुवेदीले जानकारी दिनु भयो ।

प्रशिक्षणमा हेप्पी नेपालका कार्यक्रम अधिकृत प्रभात वाँस्तोला, डिआइसी इञ्चार्ज जीवन नेपाली, इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डीत, प्रहरी निरिक्षक मौसम उदास, सामुदायिक प्रहरी सेवा केन्द्र दमकका सदस्य मोहन बोगटी लगायतले सहजीकरण गर्नुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here