बुद्धि कुमार राई स्मृति बुद्धिचाल प्रतियोगितामा, सप्तकोशी कलेजका आदेश दाहाल बिजयी

0
562

दमक, माघ २५ /  झापाकाे दमकमा बुद्धि कुमार राई स्मृति प्रदेश १ विद्यालय स्तरीय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताकाे दोश्रो दिनकाे खेल सम्पन भएकाे छ ।

झापा जिल्ला बुद्धिचाल संघ र डायनामिक चेस एकेडेमीकाे आयोजनामा र डाईनामिक चेस एकाडेमी दमककाे सह आयोजकमा दमक ९ मा रहेकाे सप्तश्री एकेडेमीमा प्रदेश १ विद्यालय स्तरीय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताकाे तेस्राे दिनकाे खेलमा  प्रतियोगिताको उपधि ६.५ अंक का साथ सप्तकोशी कलेज का १५१६ रेटेड आदेश दाहालले जितेका छन् त्यस्तै दोश्रो स्थान ६ अंक जोडदै मदन स्मृति कलेजका १५३६ रेटेड सक्षम भन्डारी र तेश्रो स्थानमा समान ६ अंकका साथ एकता एकाडेमी दमककी कृतिसरा अधिकारि भइन ।

छात्रा तर्फ प्रथम ५ अंक जोड्दै कोहेड़ कलेज बिर्तामोडकी पुनम प्रसाई भईन त्यस्तै दोश्रो सनसाईन् स्कुल उर्लाबारीकी जेनिशा कोइराला भईन भने तेश्रो पुर्वान्चल स्कुल दमककी अन्तरा राई भईन। प्रतियोगितामा उत्क्रीष्ठ १० तथा विभिन्न उमेर समुहमा उत्कृष्ठ हुने खेलाडी लाई पुरस्कृत गरिएको थियो ।

प्रथम,दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडी लाई क्रमशः रु ५००० , रु ३००० , रु २००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो , छात्रा तर्फ उत्कृष्ट हुने खेलाडीले रु २००० , रु १५०० , र रु १००० साथै ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरे

दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज के.सी.को प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रमकाे अध्यक्षता झापा जिल्ला बुद्धिचाल संघ का अध्यक्ष कृष्ण प्रसाद सिग्देलले गरेका थिए । प्रतियोगितामा प्रदेश भरिका बिभिन्न विद्यालयका ४७ खेलाडीको सहभागिता थियो, प्रमुख निर्णायक नेपाल च्याम्पियन भुपेन्द्र निरौलाले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here