बुद्धि कुमार राई स्मृति प्रदेश १ विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सुरू

0
416

दमक, माघ २३ / झापाकाे दमकमा बुद्धि कुमार राई स्मृति प्रदेश १ विद्यालय स्तरीय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आजबाट सुरू भएकाे छ ।

झापा जिल्ला बुद्धिचाल संघ र डायनामिक चेस एकेडेमीकाे आयोजनामा  दमक ९ मा रहेकाे सप्तश्री एकेडेमीमा प्रदेश १ विद्यालय स्तरीय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।   प्रतियोगितामा प्रदेश भरिका बिभिन्न विद्यालयका ४७  जना खेलाडीको सहभागिता रहेको छ। स्विस लिग अन्तर्गत जम्मा सात चरणको खेल हुने आयोजकले बताएकाे छ  ।

प्रतियोगिताको उत्कृष्ट १० तथा   बिभिन्न उमेर समुह  १०,१३ र १६ वर्ष भन्दा तलका खेलाडी बाट उत्कृष्ट भएका खेलाडी लाइ नगद सहित ट्रफी मेडल को व्यवस्था गरिएको प्रतियोगिताका प्रमुख निर्णायक नेपाल च्याम्पियन भुपेन्द्र निरौलाले जनाकारी दिए।

प्रतियागिता माघ २३ देखि २५ गते (06-08 February 2020) सम्म हुने प्रतियोगिताको आयोजकले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here