दमकमा सिद्धार्थ कप अन्तर बिध्यालय भलिबल प्रतियोगिता सुरु

0
901

दमक, माघ २३ / झापाको दमकमा सिद्धार्थ कप अन्तर बिध्यालय भलिबल प्रतियोगिता सुरु भएको छ ।

दमक ७ मा रहेको सिद्धार्थ अग्रेजी बोडिङ्ग स्कुलको आयोजनामा माघ २२ गते देखि २५ गते खेल संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा झापा मोरङ्गका बिभिन्न बिध्यालयले सहभागीता जनाएका छन् । पुरुष र महिला दुवै बिधामा खेल संचालन भइरहेको छ । प्रतियोगीताको बुधबार भएको खेलमा पुरुष तर्फ अक्फोर्ड स्कुल दमक, देवकोटा अग्रेजी स्कुल गौरीगजं, लालीमा अग्रेजी स्कुल केर्खा, झापा मेरीगोल्ड अग्रेजी स्कुल सुरुङ्गा, सुनगाभा अग्रेजी स्कुल उर्लाबारी र रेड स्टार अग्रेजी स्कुल पथरी  बिजयी भएका छन् ।

त्यस्तै बुधबारनै भएको महिला तर्फकाे खेलमा फोनेक्स् अग्रेजी स्कुल केर्खा, लालिमा अग्रेजी स्कुल केर्खा, ग्लोबल एजुकेशन एकेडेमी दमक र सिद्धार्थ अग्रेजी स्कुल दमक बिजयी भएका छन् । सिद्धार्थ अग्रेजी स्कुल दमक वाइ पाएर सिधा सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको खेलमा पुरुष तर्फ मेची अग्रेजी स्कुल दमक, कान्तिपुर अग्रेजी  स्कुल बिराटनगरर्, सिद्धार्थ अग्रेजी  स्कुल दमक, देवकोटा अग्रेजी स्कुल गौरीगज र माउन्ट एभरेष्ट अग्रेजी  स्कुल गौरादह बिजयी भएका छन् भने महिला तर्फ भएको क्वाटर फाइनलको खेलमा लालीमा अग्रेजी  स्कुल केर्खा, ग्लोबल एजुकेशन एकेडेमी दमक र फोनेक्स् स्कुल केखा बिजयी भए सगै सेमीफाइनल काे यात्रा तय गरेका छन् ।

प्रतियोगितामा पुरुष तर्फ १९ वटा बिध्यालय र महिला तर्फ ११ वटा बिध्यालयले सहभागीता जनाएका थिए । बिध्यार्थी लाइ पढाइ सगै उनीहरुमा रहेको क्षमता प्रदर्शन गर्ने उधेश्यले खेलको आयोजना गरीएको सिद्धार्थ अग्रेजी स्कुलका संस्थापक प्रधानअध्यापक तेज कुमार श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरीने आयोजकले जनाएकाे छ ।

 खेल तालिका  पुरूष 

 खेल तालिका  महिला

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here