कम्प्युटर हस्तान्त्रण सगै, निःशुल्क आँखा शिबिर

0
725

दमक, माघ २२ / फिदिम नगरपालिकामा रहेकाे श्री कालिका मा.बि. बाबुङ्गामा कम्प्युटर हस्तान्त्रण सगै १ दिने निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

स्थानीयको स्वास्थ्यलाई लक्षित गरि  पाथिभरा आँखा उपचार केन्द्र दमकको प्रविधिक सहयोगमा रोट्रयाक्ट क्लब अफ सुकेधरा, रोट्रयाक्ट क्लब अफ दमक, रोट्रयाक्ट क्लब अफ रुद्ररमती बबरमहल काठमाडौं, राेटरी क्लब अफ रुद्ररमती, आशा प्रोजेक्टको आयोजनामा आज बिध्यालयमा  अँखा शिबिर तथा कम्प्युटर हस्तान्तरण गरीएकाे छ ।

“घुमौँ मेची” नारा दिईको उक्त कार्यक्रम अन्तरगत  फिदिम ११ स्थीत कालिका मा. बि. बाबुङ्गामा भएको आँखा  शिबिरकाे विद्यालय व्यस्थापन समिति अध्यक्ष यम कुमार नेम्बाङले  शुभारम्भ गरेका थिए । उक्त आँखा शिबिरमा २४० जना को आँखा चेक गरिएको थियो भने ४५ जनालाई चस्मा बितरण गरिएको थियो। सोहि कार्यक्रमा  रोट्याक्ट क्लब अफ चन्द्रागिरिको सहयोगमा बिद्यालयलाइ ४ थान कम्प्युटर  हस्तान्तरण गरिएको थियो।  कार्यक्रममा बाेल्दै आशा प्रोजेक्टका संस्थापक डा. तुलसी महर्जनले आगामि  दिनमा पनि  संथाले  यसरिनै सहयोग गर्ने प्रतिबधता  जनाए ।

यस अघि पनि आशा प्रोजेक्ट र बिभिन्न रोट्रयाक्ट क्लब  मिलेर  बिभिन्न सामुदायिक बिध्यालयका बिध्यार्थीलाइ स्कुल ब्याग  साथै कम्प्युटर  बितरण गरेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here