चीनबाट ल्याइने विद्यार्थीलाई राख्न ठाउँ नपाए संसद भवनमै राखौं : सांसद यादव

0
361

काठमाडौं, माघ २२। चीनबाट ल्याउने विद्यार्थीलाई राख्न ठाउँ नपाए संसद भवनमै राख्न सांसदले सरकारलाई व्यंग्य गरेका छन् ।

 

समाजवादी पार्टीका सांसद प्रदीप यादवले ‘कोरोनाभाइरस’को संक्रमणबाट जोगाउन चीनको वुहानबाट नेपाल ल्याउन लागिएका नेपाली विद्यार्थीलाई राख्ने ठाउँ नभेटिए संसद भवन खाली गरेरै भए पनि राख्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद यादवले सरकारले पाँच दिनदेखि नेपाली विद्यार्थीलाई राख्ने ठाउँ नभेटेको भनेकामा संसद भवन खाली गरेर भए पनि विद्यार्थीलाई राख्न भनेका हुन् । उनले भने, ‘हामी बाहिर पाल टाँगेर संसद चलाऔं ।’

विद्यार्थीलाई राख्न ठाउँ नभेटिए व्यवसायीले कब्जा गरेर राखेको हायात होटलको ३ सय ४ रोपनी जग्गा गराउन पनि उनले सुझाव दिए ।

ठाउँको अभाव छैन : स्वास्थ्यमन्त्री

यादवको प्रस्तावमा जवाफ दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बानेश्वर हलमा राखेर रोगको उपचार नहुने भन्दै ठाउँको अभाव नरहेको बताए । मन्त्री ढकालले वुहानबाट घर ल्याउने नेपाली विद्यार्थीलाई सकेसम्म बस्तीबाट टाढा राख्न खोजेको मात्र बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here