एकै दिन तीन विद्यालयलाइ रोट्रयाक्ट क्लबकाे सहयोग

0
456

दमक, २० माघ  / रोट्रयाक्ट क्लबहरू मिलेर  झापाका तीन बिद्यालयलाइ बिभिन्न सामाग्री बितरण गरेका छन् ।

 रोट्रयाक्ट क्लब अफ दमक , रोट्रयाक्ट क्लब अफ बबरमहल , रोट्रयाक्ट क्लब अफ चन्द्रागिरि तथा रोट्रयाक्ट क्लब अफ सुकेधाराले ‘अाशा’ को सहयोगमा झापाका तीन बिद्यालयलाइ सहयोग उपलब्ध गराएका छन् । अर्जुनधारा नगरपालिका स्थित कालिस्थान माध्यमिक बिद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत करिब १०० जना बालबालिकालाई झोला , कापी , पेन लगायतका स्टेशनरी उपलब्ध गराईएको छ ।

त्यस्तै कमल गाउँपालिका वार्ड नं १ स्थित नवदुर्गे प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई झोला सहित अन्य स्टेशनरी सामान उपलब्ध गराइएको छ । वार्ड अध्यक्ष सहित अन्य स्थानिय , अभिभावकहरुको उपस्थिति माझ ‘अाशा प्रोजेक्ट ‘ का प्रमुख डा . तुलसी महर्जनले उक्त सामाग्री बिद्यालयलाइ हस्तान्तरण  गरेका थिए । सोही वार्डको अर्को बिद्यालय नरेन्द्र जनता माध्यमिक बिद्यालयमा पनि सहयोग स्वरुप केही स्टेशनरी सामान उपलब्ध गराईएको थियो । “घुमौँ मेची” नारा दिईको उक्त कार्यक्रम अन्तरगत झापा सहित ईलाम र पाँचथरमा समेत सामाजिक कार्य गर्ने कार्यक्रम संयोजक चन्द्रकान्त अधिकारीले जानकारी दिए । ईलामको अाईतबारेमा एक पुस्ताकालयलाई केही थान पुस्तक , कम्प्युटर लगायत सहयोग गर्ने र पाँचथरमा अाँखा शिविर संचालन गरिने अायोजक मध्येका रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बूले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here