इन्टरनेट बजारमा वल्र्डलिंक पहिलो स्थानमा

0
348

दमक, २० माघ । नेपाल सरकारको नियमक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको इन्टरनेट प्रयोगकर्ता बढिरहेको पाईएको छ । प्राधिकरणले सार्वजनिक गरेको कात्तिक मसान्त सम्मको तथ्यांक अनुसार वल्र्डलिंकको इन्टरनेट जडान गर्ने ग्राहकको संख्या ३ लाख ३८ हजार बढी रहेको छ । जबकी दोश्रो स्थानमा रहेको नेपाल टेलिकमको २ लाख ३३ हजार २८९ मात्र रहेको छ ।

कुल इन्टरनेट जडान गर्ने ग्राहक संख्याको आधारमा नेपाली इन्टरनेट बजारमा वल्र्डलिंकले ४५ प्रतिशत बजार ओघटेको छ भने दोश्रो स्थानमा रहेको सुबिशुले १३.२ प्रतिशत मात्र बजार लिएको छ । इन्टरनेट प्रदायक कम्पनीले विदेशबाट लिने ब्यान्डविथमा पनि वल्र्डलिंक नै अगाडी देखिएको छ । उसले १३० जिबिपिएस ब्वान्डविथ लिने गरेको दुरसञ्चार प्राधिकरणको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ । यस्तै नेपाल टेलिमकले ५० र एनसेलले २० जिविपिएस ब्यान्डविथ लिने गरेको पाईएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार सन् २०१६ यता वल्र्डलिंक कम्पनीको इन्टरनेट प्रयोग गर्नेको संख्या ह्वातै बढिरहेको देखाएको छ । प्राधिकरणको तथ्यांकमा नेपालमा हाल मोबाईलबाट इन्टरनेट चलाउनेको संख्या ९८ प्रतिशत र टेलिफोनबाट इन्टरनेट जडान गर्नेको संख्या मात्र २ प्रतिशत रहेको देखाएको छ । वल्र्डलिंक कम्युनिकेशन लिमिटेड दमक शाखाका प्रमुख राजन तिम्सिनाले अनुसार पूर्वमा पछिल्लो समयमा वल्र्डलिंकको इन्टरनेटप्रति ग्राहकको आकर्षण बढेको बताए ।

उहाँका अनुसार द्रुत गतिको इन्टरनेट, द्रुत सेवा, गुणस्तरीय सर्भिस, ग्राहकहरुले खोजको अनुसारका प्याकेज, दक्ष प्राविधिक लगायतका कारण वल्र्डलिंकको इन्टरनेट प्रयोगकर्ताको रोजाई बनेको हो । वल्र्डलिंकले आफ्ना ग्राहकहरुलाई थप सेवा र सुबिधालाई ध्यानमा राखेर अन्य योजनाहरु पनि बनाईरहेको शाखा प्रमुख तिम्सिनाले जानकारी दिए । वल्र्डलिंकले मासिक रु १२५० देखिको प्याकेजमा आईपिटिभी, उच्च गतिको इन्टरनेट, नेपालका १० हजार ठाउँमा आफुले जडान गरेकै इन्टरनेट चलाउन सक्ने सुबिधाका साथ अन्य धेरै सुबिधाहरु आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here