माताको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०७६ माघ २१, मंगलबार, इ.स. २०२० फेब्रुवरी ४ को राशिफल

0
453

वि.सं. २०७६ माघ २१, मंगलबार, इ.स. २०२० फेब्रुवरी ४, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, दशमी, १७:५७ उप्रान्त एकादशी,नक्षत्र– रोहिणी, २२:३६ बजेउप्रान्त मृगशिरा, योग– ऐन्द्र, २६:३४ बजेउप्रान्त वैधृति, करण– गर, १७:५७ बजेदेखि वणिज, ३०:०२ बजेउप्रान्त भद्रा, आनन्दादिमा मातंग योग,चन्द्रराशि– वृष,सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी ४ पला। शल्य दशमी। बैतडी गुजरमा बनारसी पूजा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

भौतिक साधनहरू जुटाउन सकिनेछ,प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
माता,पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ,सचेत रहनुहोस, विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,परिस्थितिको बन्धनमा परिने समय छ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सुरुमा बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,राज्यबाट सम्मान हुने,कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,घरेलु समस्या देखापर्न सक्छन्,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,आजको शुभ अंक ११ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारमा संकट आउने,यात्रामा अवरोध हुने,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बुझेरमात्र काम गर्नुहोला,विनादोष कारवाहीमा पर्ने सम्भावानछ,सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,अनुभवले ज्ञानको दायरा बढ्नेछ, आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
जोश र जाँगर बढ्नेछ,अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ,व्यापारमा प्रगति हुनेछ,प्रेम सफलरूपमा अघिबढ्नेछ, गोपनीयतामा ध्यान दिनुहोला,सुखदुःखमा साथ पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला, रोगबाट छुटकारा मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
मानसिक तनाव उच्च विन्दुमा पुग्ने,निकटजनहरुसँग बिना कारण टाढिनु पर्ने आवस्था आउन सक्छ,घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ, स्वास्थ्य कमजोर देखिए पनि लक्ष्य प्राप्त गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला,फसिने डरले सताउन सक्छ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,पढाइमा सफलता मिल्ने,सन्तानहरुबाट सहयोग पाउने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला, कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ, साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आजको शुभ अंक ३ रहेको छ। दिब्य ज्योतिष बाट साभार गरिएको

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here