गाउँमा लाइब्रेरी कार्यक्रम, दमक बाट यसरी भयाे सुरुवात

0
495

दमक,माघ १८ / गाउँमा लाइब्रेरी कार्यक्रम अन्तरगत रोटरी क्लब अफ दमक र रोट्याक्ट क्लब अफ दमकको संयुक्त आयोजनामा दमक नगरपालिकाको वडा नम्बर ३ ताराबारी डिपुमा सामुदायिक पुस्तकालय निर्माण गरि स्थानिय समुदायलाई हस्तान्तरण गरेको छ ।

माघ ४ गतेदेखि १४ गते सम्म पुस्तक सङकलन कार्यक्रम गरि रोट्याक्ट क्लब दमकले ६५० थान पुस्तकहरु सङै पुस्तकालयलाई आवस्यक विविध भौतिक सामाग्री सङकलन गरेको थियो।चित्रकार अभिषेक दासले लाइब्रेरीलाई आवस्यक फर्निचर प्रदान गरेका थिए।

रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाईं र रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बू ले अध्यक्षता रहेको उक्त कार्यक्रममा दमक नगरपालिकाका उपमेयर गीता अधिकारीले शुभकामना मन्तव्य राख्दै लाइब्रेरी लाई आवस्यक सहयोग गरि लाइब्रेरी लाई चाहिने ५० थान किताबहरु नगरपालिकाबाट प्रदान गरिने घोषणा गरेकी छन्।

वडा अध्यक्ष नवीन बरालले वडामा सन्चालित लाइब्रेरी लाई पठन सस्कृतिको विकासमा लैजान चाहिने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए । दमक जेसिसका अध्यक्ष कमल कटवालले शुभकामना मन्तव्य राख्दै जेसिस र रोटरी सङै सामाजिक कार्यमा अघि बढी समाजलाई परिवर्तनको बाटोमा लैजान हातेमालो गर्न अनुरोध गरे।

यसरी नै गाउँमा लाइब्रेरी कार्यक्रम लाई रोट्याक्ट क्लब अफ दमकले आफ्नो नियमित कार्यक्रम गरि यसलाई वर्ष भरी नै सन्चालन गरिने रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बू ले जानकारी दिए ।

बिबिन्न रोटरियन रोट्याक्टर तथा अन्य समाजिक राजनैतिक ब्यक्तित्वहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीयहरुको वाक्लो उपस्थितिमा हाम्रो लाइब्रेरी नाम राखी आज बाट औपचारिक रुपमा उक्त लाइब्रेरी उद्घाटन गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here