सबैले हात्तिपाईले रोग लागे उपचार असम्भव,औषधी सेवन गर्नैपर्ने

0
561

दमक ,माघ १८ /झापाको दमकमा हात्तिपाईले रोग निवारण अभियान २०७६ का बिषयमा अन्तरक्रिया गरिएको छ । शुक्रबार दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा हात्तिपाईले रोग निवारण अभियान २०७६ का बिषयमा पत्रकार र संघ संस्थाका प्रतिनिधि बिच अन्तरक्रिया सम्पन्न भएको हो । माघ २५ गतेबाट देशव्यापी रुपमा हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाइँदैछ ।

एक पटक खाँदा सधैलाई बरदान ,नखाँदा जिवन भरलाई अभिशाष ,भन्ने नाराका साथ सो अभियान सञ्चालन गर्न र सरोकारवाला निकायसँग समन्वयन गर्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बर्दी बरालले बताए ।

सो अभियान सञ्चालन गर्न र प्रभावकारी बनाउन बिभिन्न कार्यक्रमको आयोजना गरिने उनले बताए । यसका लागी नगरपालिका भित्रका स्वास्थ्यकर्मी , चिकित्सक लगायतका ब्यक्तिहरुलाई अभिमुखिकरण गरिने उनले बताए । गएको बर्षमा यो कार्यक्रम प्रभावकारी नभएको र यस पटक त्यसलाईसुधार गरेर सबैलाई औषधी खुवाइने उनले बताए । बिशेष गरेर शिक्षित ब्यक्तिहरुले नै औषधी नखाने गरेको र गलत भ्रम फैलाउने गरेको उनले गुनासो गरे ।

यस पटक झापामा ८ लाख भन्दा बढी व्याक्तिलाई हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाइने स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाई बताए । हात्तिपाईले रोग लामखुट्टेको टोकाई बाट सर्ने भएकोले यो औषधी २ वर्ष भन्दा मुनिका बालबालिका , ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक , दिर्घ रोगि र गर्भवती महिला वाहेक सवैले अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने उनले बताए ।

हात्तिपाईले रोग निवारण अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधी, स्वास्थ्यकर्मी र राजनितिक दलका प्रतिनिधिलाई परिचालन गरेर कार्यक्रम सफल पार्ने नगरपालिको योजना छ । दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबिक्ष चौधरीले सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्न र औषधी ढुक्कसँग सेवन गर्न आग्रह गरेका छन् ।

यो औषधीले कुनै प्रकारको असर नगर्ने र सेवन गर्दा सामान्य रिगटा लाग्नु स्वभाविक भएकोले ढुक्कसँंग औषधी सेवन गर्न उनले अनुरोध गरेका छन् ।

हात्तिपाईले रोग विरुद्धको औषधी देशका १३ जिल्लामा खुवाइदैछ । जसमा झापा धनकुटा मोरङ्ग बारा लमजुङ्ग पर्वत बागलुङ कपिलबस्तु दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरमा एक साथ हात्तिपाईले रोग विरुद्धको औषधी खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तिपाईले रोग विरुद्ध हरेक बर्ष सरकारले अभियान सञ्चालन गर्दै आएको छ । सोहि बमोजिम यसपालि पनि औषधी खुवाइने अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

के हो हात्तिपाईले रोग ?

यो रोग फाइलेरिया लामखुट्टेको टोकाई बाट सर्ने भएकोले यो औषधी २ वर्ष भन्दा मुनिका बालबालिका , ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक , दिर्घ रोगि र गर्भवती महिला वाहेक सवैले अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ ।यो औषधी लगातार ६ बर्षसम्म सेवन गर्नेपर्ने हुन्छ । यो औषधी तालिम प्राप्त स्वास्थ्यकर्मीबाट नजिकैका वडा तथा बुथ बनाई त्यहाँबाट बितरण गर्ने गर्दछ । यो पटक २६ गते बाट ७ दिनसम्म घरदैलो कार्यक्रम मार्फत सबैलाई खुवाइनेछ ।

औषधी नखाएमा के हुन्छ ?
यो औषधी नखादा तत्काल र दिर्घाकालिन असरहरु पर्दछन् । तत्काल देखिने समस्याहरुमा जाडो लागी ज्वरो आउनु शरिरमा कम्पन्न छुट्नु ,लिम्फ नलीहरु सुन्निने रातो भई दुख्ने हातगोडामा निला काला धर्साहरु देखिने गिर्खाहरु बढ्नु दुख्ने आदि रोग लाग्दछन् । यस्तै पुरुषमा अण्डकोष वरपरका नसाहरु फुल्ने दुख्ने आदि समस्याहरु देखा पर्दछन् ।

यसका दिर्घकालिन असरमा पुरुषका अण्डकोष सुनिनु ठुलो हुने ,दुख्ने गिर्खाहरु आउने हाइड्रोशिल हुने ,महिलामा स्तन सुनिने वा यौनाङ्ग सुन्निने दुख्ने हुन्छ । यस्तै खुट्टा सुन्निएर हात्तिपाइले हुनु ,पिसाव सेतो वा रातो आउने , लामो समयसम्म सुख्खा खोकी लाग्ने दम बढ्ने आदि समस्या आउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।समयमा नै औषधी खाए यो रोग नलाग्ने र नखाएर रोग लागे उपचार सम्भव नभएको उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here