दमक / दमक जेसीजको अध्यक्षमा कमल कट्वाल बिजयी भएका छन् ।
दमक जेसीजको वर्ष २०२० को नेतृत्वको लागि सोमबार अबेर सम्ममा सहमति नजुटे पछी निर्वाचन भएकाे थियाे । अन्तिम समयमा सुयाेग खरेल ले निर्वाचनमा भाग नलिए पछि, निरोज आचार्य र कट्वाल बिच प्रतिस्पर्धा भएकाे हाे । जसमा कमल कट्वालले ५१ मत प्राप्त गरेका थिए भने निकतम प्रतिस्पर्धि निरोज आचार्यले १९ मत प्राप्त गरेका थिए ।
त्यस्तै कार्यकारीणी उपाध्यक्षमा रमेश कुमार कामत (बिश्वास ) र नवराज उप्रेती ( अनिश) बिजयी भएका छन् भने राज कुमार अग्रवाल, रमेश लुइटेल पराजित भएका छन् । रमेश कुमार कामतले (बिश्वास ) ४१ मत , नवराज उप्रेतीले ( अनिश) ४७ मत, रमेश लुइँटेलले २२ मत र राज कुमार अग्रवालले २८ मात प्राप्त गरेका थिए भने २ मत बदर भएकाे जनाइएकाे छ ।
उपध्यक्षमा सुनिता आचार्य, सहदेव भट्टराइ, दिपेश दाहाल र राजेन्द्र बिमली निर्बिराेध बिजयी भएका छन् । त्यस्तै तालिम निर्देशकमा सुमन कोइराल र जन सम्पर्क अधिकारीमा उमेश गजमेर निर्बिराेध बिजयी भएकाे दमक जेसीज वर्ष २०२० का प्रमुख निर्वाचन आयुक्त गोबिन्द राज कट्टेलले बताए ।