बिर्तामाेड / पूर्वी तराईका आदिवासीहरुले स्थानीय उत्पादन प्रवद्र्धन तथा मौलिक खाजा भक्काको संरक्षणका लागि हरेक बर्ष मनाउँदै आएको राष्ट्रिय भाक्का दिवस झापामा यो बर्ष पनि मनाउने तयारी भएको छ ।
कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा भोली २९ पुषमा झापाको बिर्तामोडमा बृहत्त साँस्कृतिक कार्यक्रमसहित यो दिवस मनाउन लागिएको हो ।
बृहत साँस्कृतिक प्रस्तुतिहरुसहित मनाईने दिवसको सम्पूर्ण तयारी पूरा भएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिनु भयो । भाक्का कोच राजवंशी समुदायको खाजामा लोकप्रिय हिउँदे भाक्का चामलको पिठोबाट तयार गरिने परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा यो खाजा लोकप्रिय बन्दै गएको छ ।
भाक्का अग्र्यानिक र स्वास्थ्यका लागि हितकर खाजा भएको यसका पारखीहरु बताउँछन् । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै बस्तु मिसाउट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अग्र्यानिक र स्वास्थ्यकर खाजा हुने बताइन्छ ।