वर्क फर नेपालले दियाे दमक अस्पताललाई २० लाख मुल्य बराबरको सामाग्री

0
853

दमक । हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्टको सहयोगमा वर्क फर नेपालले झापाको दमक अस्पताललाई २० लाख मुल्य बराबरको अस्पताल जन्य सामाग्री प्रदान गरेको छ ।

वर्क फर नेपालले सोमबार अस्पताल जन्य सामाग्री दमक अस्पताललाई प्रदान गरेको हो । सो सामाग्री प्रदेश सासंद अर्जुन राई हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्टका कन्ट्री डाइरेक्टर सेख मसी, मेनेजिङ डाइरेक्टर जिवा पोखरेल तथा वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले संयुक्त रुपमा हस्तन्तरण गर्नुभयो । अस्पताललाई सर्जरीकल सामाग्री, हाईड्रो लिक बेड, आइ सि यु बेड, थेरापी सामग्री, बर्थिङ टेबल लगायतका अस्पताल जन्य सामाग्री प्रदान गरिएको संस्थाका उपाध्यक्ष केशब भण्डारीले बताउनुभयो ।

त्यसै गरि संस्थाले आइतबार अजुनधार स्थीत शनिश्चरे स्वास्थ्य केन्द्रमा २१ लाख बराबरको र सोमबार बिराटनगर स्थीत कोशी अञ्चल अस्पतलामा ५० लाख मुल्यबराबारको अस्पताल जन्य समाग्री प्रदान गरेको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले बताउनुभयो ।

यसै गरि संस्थाले आम्दा अस्पातल दमक तथा पथरी अस्पताल मोरङमा २०-२०लाख बराबरको र गौरिगञ्ज स्वास्थ्य चौकीमा झापा र आँखीभुई स्वस्थ्य चौकी संखुवासभामा १८÷१८ लाख बराबरको अस्पताल जन्य सामग्री बितरण गर्ने जनाएको छ । प्रदेश १ का बिभिन्न जिल्लाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा १ करोड ४० लाख बराबरको अस्पताल जन्य सामग्रीहरु बितरण गर्ने संस्थाले जनाएको छ । त्यै गरि झापाका बिभिन्न बिद्यालयहरुमा फिल्टर सहितको पानी ट्याङकी र बायो स्टण्ड फिल्टर समेत बितरण गर्ने भएको छ ।

झापाको कमल ५मा मुख्य कार्यलय रहेको वर्कफर नेपालले गत बर्ष देखि हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्टको सहयोगमा बिभिन्न सामग्रीहरु बितरण गर्दै आएको र बिभिन्न सिप मुलक तालीम समेत प्रदान गरेको बर्कफर नेपलका अध्यक्ष अधिकारीले बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here