दमक / झापाको दमकमा रहेको दमक जेसीजको २०२० को नेतृत्वको लागि सोमबार पुष २८ गते निर्वाचन हुने भएको छ ।
जेसीजका जम्मा ९ पदका लागि १३ जनाले उम्मेद्धारी दिउका छन् । जसमध्ये अध्यक्ष पदको लागी निरोज आचार्य , कमल कट्वाल र सुयोग खरेल रहेका छन् । खरेलले २०१९ मा महासचिब भएर काम गरेका थिए । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा राज कुमार अग्रवाल, रमेश लुइटेल, रमेश कुमार कामत र नवराज उप्रेती ले उम्मेद्धारी दिएका छन् । जसमध्ये २ जना बिजयी हुनु पर्ने छ । उपध्यक्षमा सुनिता आचार्य, सहदेव भट्टराइ, दिपेश दाहाल र राजेन्द्र बिमलीले उम्मेद्धारी दिएका छन् ।
त्यस्तै तालिम निर्देशकमा सुमन कोइराल र जन सम्पर्क अधिकारीमा उमेश गजमेर उम्मेद्धार रहेका छन् ।
उपाध्यक्ष , तालिम निर्देशक र सम्पर्क अधिकारीको भने पद अनुसार ठिक्क उम्मेद्धार भएकोले मतदान नहुने तर प्रकृयामा बस्नुपर्ने र थप पधादिकारी भने अध्यक्षले मनाेनित गर्ने प्रावधान रहेकाे दमक जेसीज वर्ष २०२० का प्रमुख निर्वाचन आयुक्त गोबिन्द राज कट्टेलले बताए । दमक जेसीज वर्ष २०२० को लागि १४ वटा कार्यक्रम तयार गरीएकोमा १२ वटा कार्यक्रम सफल्ताका साथ सम्पन्न भएको र अब २८ गते सोमबार ११ बजे ककस र दिउसो एक बजे देखि निर्वाचन, ३ बजे सम्ममा मत गणना गरी बिजेता घोषण गरीने जेसीज वर्ष २०२० का प्रमुख निर्वाचन आयुक्त गोबिन्द राज कट्टेलले जानकारी दिए ।