Friday, February 21, 2025
Home Blog Page 21

एकल पुरुषलाई भत्ता

सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।

इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ ।

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताउनुभयो । हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ ।

विदेश जाने महिला बढे

अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडीमुलुक गएका छन् । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङपाल गाउँपालिका–८ भोटेनाम्लाङका महिला रोजगारीका लागि खाडीमुलुक गएका छन् ।

यहाँका स्थानीय लक्ष्मण तामाङका अनुसार प्रायः यहाँका महिला लेवनान गएका छन् । यहाँका १४/१५ वर्षका किशोरी पनि पैसा कमाउन खाडीमुलुक गएका छन् । केही त आधारभूत तहको शिक्षा पूरा गरी विदेश गएको उहाँले बताउनुभयो ।

स्थानीय रुक्मणी गुरुङका अनुसार यहाँका महिला घरको काम गर्ने भन्दै लेवनान, कुवेत, साउदीअरब, बहराइनलगायतका मुलुक जाने गरेका छन् । महिला मात्र होइन गाउँमा विदेशिने पुरुषको सङ्ख्या पनि बढी छ । गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरी उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनुपरेको गाउँलेको दुःखेसो छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

0

बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याउनुभएको छ ।

एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

यस्तै प्रदेशसभा (१) मा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गर्नुभएको छ । यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ ।

यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याउनुभएको छ । भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार चार सय ४७ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइ राख्नुभएको छ ।

एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभाका निर्वाचित हुनुभएको थियो । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेर सङ्घीय संसद्का सदस्य बन्नुभएका थापा २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको हो ।
–––

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विश्वकप फुटबल : स्पेन र जर्मनीको खेल बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् ।

अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी
निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विश्वकप फुटबल ः क्रोएसियाद्वारा क्यानडा पराजित

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे ।

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ आँै मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए । यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापामा धानको उत्पादन बढ्यो

झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आव २०७७÷०७८ र आव २०७८÷०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७÷०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो ।

गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए ।

त्यस्तै, जिल्लामा आव २०७८÷०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।

त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यतासमेत छ ।

भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा पनि शुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

दमक/ ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा बिरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान दमकमा पनि आजबाट सुरु भएको छ । दमक नगरपालिका सहित बिभिन्न ३० वटा अधिकारवादी संघ संस्थाहरुको सहकार्यमा अभियान सुरु भएको हो ।

दमक नगर उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रमका वक्ताहरुले कुनै पनि प्रकारका हिंसा न्युनिकरणका लागि घरबाटै प्रयास गरिन आवश्यक रहेको औंल्याए ।

नगर प्रमुख राम थापाले हिंसा बिरुद्धको यो अभियान सोह्र दिन मात्रै नभएर निरन्तर सञ्चालन हुने बताए । यस्ता अभियानले सचेतनाका कार्यक्रम गर्ने भन्दै उनले हरेक व्यक्ति हिंसा बिरुद्धको अभियानमा सामेल हुनु पर्ने बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले महिला संग संगै पुरुषहरु पनि हिंसामा पर्ने भएकोले कुनै पनि प्रकारका हिंसाहरुलाई समाजले निरुत्साहित गर्नु पर्ने बताए ।

त्यसैगरी महिला नेतृ लता चापागाईं, आम्दा अस्पताल तथा स्वास्थ्य बिज्ञान प्रतिष्ठान दमकका सकुन्तला चापागाईंले शिक्षित व्यक्तिबाटै पनि हिंसाका घटना हुने गरेकोले यसलाई रोक्नु चुनौति भएको बताए । दाईजो, तिलकका नाउँमा शिक्षित भनिएका व्यक्तिबाटै महिलाहरु हिंसामा पर्ने गरेको कार्यक्रममा नगर उपप्रमुख भट्टराईले अभियान अन्तर्गत सोह्रै दिन सम्म सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराइन ।

यस अवसरमा सहभागीहरुले संघ संस्थाका ब्यानरसहित दमक बजार परिक्रमा गरेको थियो । औपचारिक कार्यक्रमको समापन दमक बजार परिक्रमा गरेर पशुपति सेवा सदनमा गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापाको निर्वाचन क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओली विजयी, कसकाे कती मत ?

0

दमक/ झापाको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीलाई दोब्बर बढी मतान्तरले यसपटक पनि पाखा लगाए ।

कांग्रेसका डा. अधिकारीलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली ५२३१९ मतसहित संसदमा छैठौं पटक निर्वाचित भए । अघिल्लो पटक २८ हजार मत पाएका डा. अधिकारीले यसपटक २३,७४३ मतमै चित्त बुझाउनु पर्यो ।

ओलीसंग चुनावी प्रतिस्पर्धा गर्न भन्दै उत्रिएका अन्य दल र स्वतन्त्र उम्मेदवारहरुले चाहिं कति मत प्राप्त गरे होलान ? अधिकारीपछि तेस्रो स्थान ओगटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत ल्याए भने राष्ट्रिय जनमत पार्टीका भिम राजवंशीले १४८५ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बुले १२८१ म्त ल्याएर एक हजार भन्दा बढी मत ल्याउने उम्मेदवारको सूचीमा अटाए ।

अरु सबै १ हजार भन्दा कम मत ल्याउने उम्मेदवारको सूचीमा दर्ज भएका छन । मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेले ७४४ , जसपाकी ओममाया आङदेम्बेले ६२९ मत ल्याएर पाँच सय बढी मत ल्याउनेको सूचीमा परेका छन भने ५०० भन्दा कम मत ल्याउने सूचीमा स्वतन्त्र उम्मेदवार चर्चित लेखक तथा विश्लेषक युग पाठकको नामले चिनिने दिपक कुमार पाठक पहिलो बनेका छन । पाठकले ३५६, मजदुर किसान पार्टीका रुद्रप्रसाद दाहालले २५०, कल्पना लावतीले २२४, राष्ट्रिय जनमुक्ति पार्टीका पदम जवेगुले २१४ , केदारनाथ चापागाइँले १६५, लोकतान्त्रिक समाजवादी पार्टीका चन्द्रप्रसाद राजवंशीले १०५ मत ल्याएका छन ।

१०० मत भन्दा कम मत ल्याएका उम्मेदवार पनि छन यो क्षेत्रमा १३ जना छन । जसमा कांग्रेस विपीका शेखरनाथ सेढाइँ पनि पर्छन । सेढाइँ पत्रकारिताबाट राजनीतिमा आएका हुन । नेश्नलिस्ष्ट पिपुल्स पार्टीका राजन चुँडालले ८८, स्वतन्त्र रोहित प्रसाद पौडेलले ८१, स्वतन्त्र तुल्सीराम काफलेले ७०, स्वतन्त्र रेवतिरमण खनालले ६३, स्वतन्त्र रामचन्द्र बाँनियाले ५७, नेका –विपीका शेखरनाथ सेढाइँले ५१, स्वतन्त्र इन्द्रमणी दाहालले ५० , सचेत नेपाली पार्टीका रामप्रसाद पाठकले ४९ ,स्वतन्त्र भेषराज भट्टराईले ४१, स्वतन्त्र तिर्थेश्वर चौधरीले २०, सिताराम पोखरेलले १३ र शान्ता अधिकारीले १३ मत पाएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विश्वकप फुटबल प्रतियोगिता आजदेखि

विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।

उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।

आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

कतारका आठ वटा रङ्गशालामा आयोजना हुने विश्वकपको समूह ‘बि’मा इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सि’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् ।

त्यस्तै समूह ‘डि’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् । समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जि’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् ।

समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।

“प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”

फेसबूकमा कमेन्ट्स गर्नुहोस्