झापाको निर्वाचन क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओली विजयी, कसकाे कती मत ?

0
79

दमक/ झापाको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीलाई दोब्बर बढी मतान्तरले यसपटक पनि पाखा लगाए ।

कांग्रेसका डा. अधिकारीलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली ५२३१९ मतसहित संसदमा छैठौं पटक निर्वाचित भए । अघिल्लो पटक २८ हजार मत पाएका डा. अधिकारीले यसपटक २३,७४३ मतमै चित्त बुझाउनु पर्यो ।

ओलीसंग चुनावी प्रतिस्पर्धा गर्न भन्दै उत्रिएका अन्य दल र स्वतन्त्र उम्मेदवारहरुले चाहिं कति मत प्राप्त गरे होलान ? अधिकारीपछि तेस्रो स्थान ओगटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत ल्याए भने राष्ट्रिय जनमत पार्टीका भिम राजवंशीले १४८५ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बुले १२८१ म्त ल्याएर एक हजार भन्दा बढी मत ल्याउने उम्मेदवारको सूचीमा अटाए ।

अरु सबै १ हजार भन्दा कम मत ल्याउने उम्मेदवारको सूचीमा दर्ज भएका छन । मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेले ७४४ , जसपाकी ओममाया आङदेम्बेले ६२९ मत ल्याएर पाँच सय बढी मत ल्याउनेको सूचीमा परेका छन भने ५०० भन्दा कम मत ल्याउने सूचीमा स्वतन्त्र उम्मेदवार चर्चित लेखक तथा विश्लेषक युग पाठकको नामले चिनिने दिपक कुमार पाठक पहिलो बनेका छन । पाठकले ३५६, मजदुर किसान पार्टीका रुद्रप्रसाद दाहालले २५०, कल्पना लावतीले २२४, राष्ट्रिय जनमुक्ति पार्टीका पदम जवेगुले २१४ , केदारनाथ चापागाइँले १६५, लोकतान्त्रिक समाजवादी पार्टीका चन्द्रप्रसाद राजवंशीले १०५ मत ल्याएका छन ।

१०० मत भन्दा कम मत ल्याएका उम्मेदवार पनि छन यो क्षेत्रमा १३ जना छन । जसमा कांग्रेस विपीका शेखरनाथ सेढाइँ पनि पर्छन । सेढाइँ पत्रकारिताबाट राजनीतिमा आएका हुन । नेश्नलिस्ष्ट पिपुल्स पार्टीका राजन चुँडालले ८८, स्वतन्त्र रोहित प्रसाद पौडेलले ८१, स्वतन्त्र तुल्सीराम काफलेले ७०, स्वतन्त्र रेवतिरमण खनालले ६३, स्वतन्त्र रामचन्द्र बाँनियाले ५७, नेका –विपीका शेखरनाथ सेढाइँले ५१, स्वतन्त्र इन्द्रमणी दाहालले ५० , सचेत नेपाली पार्टीका रामप्रसाद पाठकले ४९ ,स्वतन्त्र भेषराज भट्टराईले ४१, स्वतन्त्र तिर्थेश्वर चौधरीले २०, सिताराम पोखरेलले १३ र शान्ता अधिकारीले १३ मत पाएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here