झापामा सौर्य उर्जा बिद्युत उत्पादन, अध्यक्ष ओलीले उदघाटन गर्ने

0
153

शिवसताक्षी । झापाको शिवसताक्षीमा सौर्य उर्जाबाट बिद्युत उत्पादन गर्ने परियोजना उदघाटन यहि माघ २३ गते हुने भएको छ ।

वडा नम्बर ४ बोलोचोक नजिकै निजी क्षेत्रको लगानीमा निर्माण गरिएको १० मेगावट क्षमताको सो सोलार पावर परियोजना यहि माघ २३ गते उदघाटन गर्ने तयारी गरिएको हो । सो परियोजनाको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

झापाको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका एलपी साँवाले यहाँको २६ बिगाहा क्षेत्रफलमा सञ्चालित यो परियोजनाले मुलुकलाई बिद्युतमा आत्मनिर्भर बनाउन टेवा पुर्याउने बताए ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थक बनाउने अभियान अन्तर्गत उनकै गृह जिल्ला झापामा यो परियोजना शुरु गरिएको परियोजना सञ्चालन गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्ष समेत रहेका सांसद साँवा बताउँछन ।

परियोजनास्थलमा उदघाट नका लागि धमाधम पूर्व तयारी भइरहेको छ । यहाँको उत्पादनको गत साता मात्रै फाइनल टेष्टीङ्ग प्रक्रिया सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडि सकिएको छ ।

सो परियोजनाबाट १५ दिनको परिक्षणकालिन उत्पादन पश्चात निरन्तर बिद्युत उत्पादन भइरहेको छ । सौर्य उर्जाको दृश्यावलोकनसँगै सो ठाउँको करिब तीन विगाहा क्षेत्रफलमा आकर्षक फुलको बगैंचा निर्माण गरिनेछ ।

विभिन्न प्रजातिका फुलहरुको व्यवसायिक खेती गरिने पनि झापा इनर्जीले जनाएको छ । यहाँ फुलका विरुवा उत्पादन गरि व्यवसायिकतामा जोडनका लागि नर्सरी समेत सञ्चालनमा आउने भएकाले उर्जा पर्यटनको बिकाससँग पनि जोडन सकिने सांसद साँवाको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here