Friday, December 27, 2024
Home Blog Page 5

भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे शुभ

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० ः ५१ बजे शुभ रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

नक्कली कागजात बनाउने थप चारजना पक्राउ

भिजिट भिषामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२, घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका–१० भई काठमाडौँ बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार भिजिट भिषामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चारजनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजलाई पक्राउ गरिएको हो ।

निजहरुलाई विभिन्न व्यक्तिहरुका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान–दुई सय ३० सहित काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

आइतबार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

भूकम्पपीडित भन्छन्- घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ

आठबिसकोट (रुकुमपश्चिम), २० कात्तिक : चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै हुनुहुन्थ्यो । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो ।

“त्यत्तिकैमा अकस्मात घर हल्लियो । के भयो भन्ने थाहा नपाउँदै ठूलो आवाज आयो । छिनभरमै घर भत्कियो”, मीनाले सुनाउनुभयो, “क्षणभरमै चारै जना घरभित्रै पुरियौँ ।” मीनाको टाउको दलिन मुनी परेकाले टाउकोमा चोट लाग्न पाएन । तर कान्छो छोरो र श्रीमान भने बेहोस अवस्थामा भेटिनुभयो ।

“टाउकोमा चोट नलागेकाले मैले गुहार माग्न सके, जेठाजु आएर मलाई बचाउनुभयो । त्यसपछि दुई छोरा र श्रीमानलाई पुरिएको ठाउँबाट उद्धार गर्नुभयो”, भूकम्प जाँदाको अनुभव सुनाउँदै मीनाले भन्नुभयो, “जेठो छोरालाई खासै केही नभए पनि कान्छो छोरा र श्रीमान भने उद्धार गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो ।”

उद्धार गरिएको दुई घण्टापछि मात्रै छोरो र श्रीमानको होस खुल्न दुई घण्टा लाग्यो । त्यसपछि उहाँहरु दुवैलाई अस्पताल पठाएको र उपचारपछि स्वास्थ्यअवस्था सामान्य बनेको उहाँको भनाइ छ ।

“त्यो हाम्रो मात्रै समस्या थिएन, भूकम्पले गाउँका सबै घरमा क्षति पु¥याएको थियो”, उहाँले भन्नुभयो, “त्यसलगत्तै प्रहरीलाई बोलाएर उद्धार सुरु ग¥यौँ ।” भूकम्पमा जोगिए पनि यतिबेला आफू घरबिहीन भएको भन्दै बस्नका लागि समस्या भएको उहाँले गुनासो गर्नुभयो । गाउँले सबै खुला चौरमा बस्न बाध्य भएको भन्दै उहाँले आफूहरुका लागि राहत सामग्री आएको जानकारी पाए भने अहिलेसम्म नपाएको गुनासो गर्नुभयो ।

आठबिसकोट–१४ का पहलबहादुर विकको पीडा पनि मीनाको जस्तै छ । “हामी त भाग्यले बाच्यौँ, गाउँका केही भाइबहिनीलाई जोगाउन भने सकेनौँ”, पहलबहादुरले पीडा सुनाउनुभयो, “धेरैलाई ज्यूँदै उद्धार गर्न भने सक्यौँ ।” उहाँका अनुसार रातिको समय भएकाले धेरै सुतेकै अवस्थामा पुरिए । कतिका हातखुट्टा भाँचिएका छन् भने कतिका शरीरमा चोटपटक लागेको उहाँले बताउनुभयो ।

भूकम्पका कारण छेपारे टोलमा ३९ वटै घर क्षतिग्रस्त भएकाले बस्न नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ । “अहिले हामी सबै बाहिरै बस्न बाध्य छौँ । चिसोमा बालबालिका र गर्भवतीहरु कठाङ्ग्रिएका छन् । न ओड्ने कपडा छ, न खानका लागि गाँस नै छ”, उहाँले भन्नुभयो, “हिजो एउटा संस्थाका प्रतिनिधिले चाउचाउ दिनुभयो । त्यसबाहेक अहिलेसम्म कसैले सहयोग गरेको छैन ।” चिसो मौसम भएकाले रातको समयमा बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति समस्या परेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भूकम्पका कारण सोही गाउँका मानबहादुर मल्लको परिवारमा बज्रपात प¥यो । भूकम्पले घर ढलाएपछि छ जनाको परिवारमध्ये पाँच जनाको जीवितै उद्धार भए पनि १२ वर्षीय छोरी गुमाउनु प¥यो । “भत्किएको घर त फेरि बनाउन सकिएला तर छोरी गुमाउनु प¥यो”, गहभरी आँशु बगाउँदै मल्लले भन्नुभयो, “परिवारका सबैलाई चोटपटक लागेको छ । घाइते छोराको सुर्खेतमा उपचार भइरहेको छ ।”

सोही गाउँकै हीरा विकको माइतीको घर पनि पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । “दाईको घरमा आएकी थिएँ । त्यही बेला भूकम्पले घर भत्कायो । भदै बोल्न नसक्ने अवस्थामा च्यापिएका रहेछन् । कुटोले खोदलेर घाइते अवस्थामा उद्धार गर्न सकेँ । अहिले उपचार भइरहेको छ”, उहाँले भन्नुभयो । विकले उद्धार सकिएको भन्दै अब सरकारले राहत र पुनःस्थापनामा ध्यान दिन माग गर्नुभयो ।

छेपारे गाउँमा मात्रै भूकम्पमा परी ११ जनाको ज्यान गएको छ । सरकारले उद्धार सकिएकाले यतिबेला राहत वितरण सुरु गरिसकेको छ । सरकारले पहिले राहत वितरण र त्यसपछि पुनःस्थापनाको काम सुरुगर्ने बताएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापाली समाज अष्ट्रेलिया द्वारा महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान

दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित महाभारा स्वास्थ्य चौकीलाई दशैं तिहारको अवसर पारेर अष्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार दिएको छ ।
अन्तराष्ट्रिय झापाली समाजको विर्तामोडमा सम्पन्न चौथो महाधिवेशन उदघाटन कार्यक्रममा समाजद्धारा प्रदान गरिएको सो एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीलाई एम्बुलेन्सको साँचो ( चाबी) हस्तान्तरण गरेका हुन् ।

झापाली समाज अष्ट्रेलियाका पूर्व उपाध्यक्ष नेत्र पौडेलका अनुसार समाजमा आवद्ध झापालीहरुले स्वास्थ्य सेवामा ग्रामिण भेगका नागरिकहरुको पहुँच सहज बनाउन मद्धत पुरयाउने उद्धेश्यले सो एम्बुलेन्स उपलब्ध गराएका हुन । सो समाजले यसअघि पनि पटक पटक झापाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुलाई प्रविधियुक्त बनाउन कम्प्युटर प्रदान गरेको थियो ।

सो समाजले विभिन्न प्राकृतिक प्रकोपमा परेका तथा असहाय, विपन्न नागरिकहरुको स्वास्थ्य, शिक्षाका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।

महाभारामा यसअघि साना किसान कृषि सहकारी संस्थाको नाममा रहेको एम्बुलेन्सले सेवा दिँदै आएकोमा करिब ३÷४ बर्ष यता सो एम्बुलेन्स दुर्घटनामा परेपछि पुनः सञ्चालनमा आउन सकेको छैन । स्थानीय सरकार मार्फत सञ्चालन हुने सो एम्बुलेन्सबाट ग्रामिण क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो

झापा, कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् ।

झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताउनुभयो ।

“काँचो सुपारी सोझै तेस्रो मूलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ”, अधिकारीले भन्नुभयो, “हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौँ ।” उहाँले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखिसकेको जानकारी दिनुभयो ।

अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आउनुभएका सरेन्द्र साहले विलौचियामार्फत स्थानीयस्तारमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरुमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको गुनासो गर्नुभयो । सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर विचौलिया हाबी हुँद किसान मर्कामा परेका उहाँको भनाइ थियो ।

झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य

बेइजिङ, २ कात्तिक : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।

“उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण सङ्केत देखिएको छ”, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुग्नुभएको थियो । अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन ९बीआरएफ०’मा सहभागी हुन चीनको बेइजिङ आइपुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गए राति हृदयघात भएको थियो ।

चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उहाँको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उहाँलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँका अनुसार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद गर्नुभएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

डुँडामारी समाजसेवी क्लब द्वारा बजार क्षेत्र सरसफाई

डुँडामारी । डुँडामारी समाजसेवी क्लबले आज डुँडामारी बजार क्षेत्रमा सरसफाई गर्नुका साथै डेँगीको लार्भा नष्ट गरेको छ ।

क्लबले आज जुँगे चोकमा एक कार्यक्रमको आयोजना गरि सरसफाई सहित डेँगीको लार्भा नष्ट गरेको हो । यो मौसम परिवर्तन संगै तराई भेल्टमा डेँगीको बिरामीको प्रकोप दिनानु दिन बड्न थाले पछि डुँडामारी बजार आसपासका क्षेत्रमा सरसफाई संगै डेँगीको लार्भा नष्ट गरेको क्लबका अध्यक्ष सन्तकुमार आङदेम्बेले बताए । उनका अनुसार क्लबले समाज रपान्तरणको लागि बिभिन्न काम गर्दै जाने बताए ।
सो अवसरमा बजार क्षेत्रमा जमेको पानी , पुराना टायर , गमला , फ्रिज लगायातको जमेको पानीमा भएका लार्भाहरु नष्ट गरिएको थियो ।

सरसफाई अभियानमा निम्बस इङ्गलिस स्कुल र भगवती आधारभुत बिद्यालयका स्काउ बिद्यार्थी साथै राधाकृष्ण कृतन मण्डली र पाथीभरा कृतन मण्डलीका सदस्य लगायत स्थानीय १सय बडिको सहभागिता रहेको थियो । उक्त अवसरमा निम्बस इङ्गलिस स्कुल संस्थापक प्रिन्सिपल राजेन बुढाथोकी, र स्थानीय समाजसेबी गोपाल कुँवरले यस कार्यको प्रशंसा गर्दै कार्यसफलताको शुभकामना दिएका थिए ।

डँुडामारी समाजसेवी क्लबल यहि असोज ९गते मात्र बिधिबत रुपमा नगर पालीकामा दर्ता भएको हो । यस क्लबको अध्यक्षमा सन्तकुमार आङ्गदेम्बे, उपाध्यक्षमा खेमप्रसाद उप्रेती ,सचिबमा कमलप्रसाद पौड्याल, सहसचिबमा शान्ति तामाङ्ग , कोषाध्यक्षमा सन्दिप भण्डारी रहेका छन तयसैगरि क्लबको सदस्यहरुमा क्रमशः भगिरथ घिमिरे, तिर्थकुमार निरौला , सुमन चेम्जोङ्ग, मनमाया आङ्गदेम्बे, निर्मला राउत मिश्र र लक्ष्मि सम्बाहाम्फे रहेको जनाइएको छ ।

कलबको पहिलो बैठकबाट ०८१ सम्ममा एक थान एम्बुलेन्स खरिद गरि संचालन गर्ने निर्णय समेत गरेको छ भने डुडामारी बजार देखि फाक्तेप सम्म सडक बत्ति जडान गर्ने र साबीक सातासीधाम १ नम्बर वडा हाल टोल नम्बर १का प्रत्यक घरको तथ्याङ्ग संकलन गरि घर नम्बर प्लेट टाँस गर्ने लक्ष्य रहेको क्लबका सचिब कमलप्रसाद पौड्यालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बिश्वासिलो साकोसको अध्यक्षमा पुनः असिम राई

दमक । बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज १२औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

झापाको दमक ६ स्थीत मुख्य चोमा कार्यलय रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७९।०८०को असार मसन्त सम्ममा १करोड ४ लाख २२ हजार ६ सय सेयर पुँजी रहेको छ भने ३ करोड ७० लाख १२ हजार ५ सय २८ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष असिम राईद्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्छ, धेरै सदस्य बनाएर सेवा दिन नसक्नु भन्दा थोरै सदस्यबाट संस्था संचालन गर्नु संस्थाको हित हो भन्ने मान्यता लाई आत्मा साथ गरि संस्था अगाडी बडेको संस्थाका अध्यक्ष राईले बताएका छन । सहकारी भनेको समाजमा छरिएर रहेको सा साना पुँजी सिप र अनुभबलाई एकत्रित गरि सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संचालित संस्था भएकोले यस भित्र धनी गरिब सबै बर्गका मानीसहरु आबद्ध भएर संचालन गरिएको संस्था भएकोले समाज रुपान्तरणमा महत्व पुर्ण भुमिका रहेको अध्यक्ष राईले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन मार्फत सदस्य हरुलाई जानकारी गराए ।

त्सैगरि संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक खेमराज पौडेलले लेखा समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।अध्यक्ष र लेखा समितिको बार्षिक प्रतिबेदन हलको बन्दसत्रबाट सुझब सहित पारित भएको छ । संस्थाका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन दमक वडा नम्बर ६का अध्यक्ष टेकबहादुर थापाले गरेका थिए । उक्त सहकारी संस्थाको बार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले दमकमा संचालित सहकारीको भिडमा राम्रै कारोबार गरी साकोसले शेयर सदस्यहरुको भावना अनुरुप काम गर्न सफल भएको भन्दै प्रशंशा गरे । उनले हाल आर्थिक तरलताको कारण धेरै सहकारी संस्थाहरुमा बितिय संकट आइरहेको अवस्थामा यस संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

सो अवसरमा संस्थाले बिभिन्न सदस्य हरुलाई नगद र सम्मान पत्रले सम्मा गरेको छ । यसरी सम्मानित हुनेमा दैनिक बचतकर्ता द्धोय मनिकुमार सरुमगर र बिषल सिटौला, क्रमिक बचतकर्ता द्धोय युवराज पाठक र सुखमति लिम्बु ,आवधिक बचतकर्ता राममाय बस्नेत ,बाल सुनौलो भबिश्य बचतकर्ता मिहाङ राई ,अनिबार्य नियमित बचतकर्ता भिममाया नेम्बाङ्ग ,दैनिक असल ऋण कारोबार गर्ने पत्रा श्रेष्ठ, अनुषा राई, देबराज श्रेष्ठ ,टिकाराम भण्डारी र मासिक असल ऋण कारोबार गर्ने अनिता बिश्वकर्मा र लक्ष्मिमाया नेम्बाङ्गलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका बजार प्रतिनिधि आनन्द धिमाललाई बर्ष उत्कृष्ट कर्मचारी पुरस्कार द्धारा सम्मान गरिएको संस्थाका ब्यबस्थापक हरिप्रसद दाहालले जानकारी दिए ।

त्यसैगरि आज नै संस्थाले नयाँ संचालक समिति समेत चयन गरेको छ ।समितको अध्यक्षमा पुनः असिम राई, उपाध्यक्षमा सम्झाना साँवा लिम्बु , सचिबमा सुमनकुमार राई, सदस्यहरुमा क्रमशः नारायण प्रसाद खरेल, अनिमा तामाङ्ग ,निर्माला लावती, युबराज दंगाल सर्बसम्मत चयान भएको निर्वाचा समितिका संयोजक अनिलदेब राईले जानकारी दिए । उनक अनुसार लेखा समिति र सल्लाहाकार समिति पनि सर्बसम्मत चयान भएका छन जसमा लेखा सुपरिबेक्षण समितको संयोजकमा पुनः खेमराज पौडेल चयन भएका छन भने सदस्य हरुमा क्रमशः कबिता फागो र माया राई चयन भएका छन । त्यस्तै सल्लाहाकार समितिको संयोजकमा बिक्रम सुब्बा र सदस्यहरुमा रजिन राई ,देबेन्द्र चेम्जोङ चयन भएका छन ।
उपाध्यक्ष सम्झाना साँवा लिम्बुले स्वागत मन्तबय बोलेको कार्यक्रमको संचालन सचिब सुमनकुमार राईले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

युकेको स्कट्ल्याण्डमा जीवन शर्मा एकल साझ हुने

लण्डन । युकेको सुन्दर नगरी स्कट्ल्याण्डको एडिम्वरा शहरमा चर्चित जनगायक जीवन शर्माको सम्मानार्थ जीवन शर्मा एकल साझ हुने भएको छ ।

गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड राज्य समन्वय परिषद (NRNA,)नेपाल स्कट्ल्याण्ड एसोसिएसन ( NSA) , नेपाली फाइफ कम्युनिटी (NFC) , नेपाल स्कट क्लव (Nepal Scot Club) ,ग्लास्गो नेपाली एसोसिएसन (GNA) र मालिका नौमति बाजा समुह (Malika Naumati Baja Samuha ) को संयुक्त आयोजना तथा समाजसेवी तथा स्कट क्लबका अध्यक्ष श्री धन के सी को संयोजकत्वमा हुन लागेको यो कार्यक्रम अक्टोवर ९ तारिक सोमवारको दिन बेलुकी ५ बजे देखी रात्री १० बजेसम्म Good Companions
2-4 Oxgans Bank, Edinburgh, EH13 9JT मा सन्चालन हुने NRNA UK का पुर्व सचीव तथा समाजसेवी श्री तारानाथ भण्डारीले जानकारी दिए ।

नेपालको जन आन्दोलन र नेपाललाइ प्रजातान्त्रिक प्रणाणीमा विकसित गर्नुपर्छ र मजदुर किसान देखी थिचोमिचोमा परेका आम जनसमुदाय सक्रियताका साथ एकजुट भै अघि बढ्नुपर्छ भन्ने सचेतना सहित हरेक तह र तप्कामा रहेका आम नागरिकहरुलाइ आफ्नो अधिकार आफै ल्याउन को लागी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश बोकेका जीवन शर्माका गीतहरुले नेपालको जनाअन्दोलन सफल बनाउन महत्वपुर्ण योगदान गरेको थियो।

जीवन शर्माका गीतहरुको प्रभावले कैयन युवाहरु जनयुद्धमा होमिए, कैयन अभियन्ताहरु प्रधानमन्त्री र मन्त्रीहरु बने,कतिले देशको परिवर्तनको लागी आफ्नो ज्यानको आहुती दिए त कैयन युवाहरु देशमा भएको धरपकड र जोखिम सहन नसकि बिदेशिन बाध्य भए । हो तिनै बिदेशिन बाध्य भएका युवाहरुको जमात जस्ले सवैभन्दा पहिला आफ्नो देशलाइ पहिलो दर्जामा राख्छ।त्यही पुस्ताले जीवन शर्माले देश र जनता प्रति सद्भाव र सम्मानका साथ अफ्नो कला र लेखनबाट शुशोचित गरेको र योगदान दिएको त्यो कठिन समयलाइ आदर गर्दै अनि वहाको आजसम्मको सादगीपन र सादा जीवन उच्च बिचारको हृदयङ्गम गर्दै शर्माको सम्मान गर्न यो कर्यक्रमको आयोजना गरिएको हो कार्यक्रमका सम्योजक श्री धन केसीले जानकारी दिए उनले जीवन शर्माको स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुन सबैसंग अनुरोध समेत गरेका छन् ।

देशको लागी आफ्नो जीवनकाल भर परिश्रम गरेका जनगायक जीवन शर्मालाइ यसरी सम्मान गरी कार्यक्रम गर्दा विश्वभरी छरिएर वसेका नेपालीहरुले देशलाइ अनेक कालख्ण्ड मा योगदान पुर्याएका बिभुतीहरुलाइ सामुहिक सम्मान गर्ने कार्यको थालनी हुने र सवैले अनुशरण गर्न बाटो खुल्ने आयोजकको अपेक्षा रहेको छ ।

स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी भएर सफल पार्नुहुन स्कटल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली भाषीहरुमा आयोजकले अनुरोध समेत गरेको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जनआस्थाको १७ औ बार्षिक साधारण सभा सम्पन्न

डुडामारी । जनआस्था बचत तथा ऋण सहकारी संस्थाले आज १७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

झापाको शिवसताक्षी ८ स्थीत डुडामारीमा कार्यलय रहेको जन आस्था बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७९।०८०को असार मसन्त सम्ममा ८२ लाख १४हजार ९सय चुक्ता सेयर पुँजी रहेको छ भने ५करोड ७८लाख ३ हजार ६ सय ८१ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष जयश्वर अङदेम्बे द्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।


सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्छ, धेरै सदस्य बनाएर सेवा दिन नसक्नु भन्दा थोरै सदस्यबाट संस्था संचालन गर्नु संस्थाको हित हो भन्ने मान्यता लाई आत्मा साथ गरि संस्था अगाडी बडेको छ । सहकारी भनेको समाजमा छरिएर रहेको सा साना पुँजी सिप र अनुभबलाई एकत्रित गरि सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संचालित संस्था भएकोले यस भित्र धनी गरिब सबै बर्गका मानीसहरु आबद्ध भएर संचालन गरिएको संस्था भएकोले समाज रुपान्तरणमा महत्व पुर्ण भुमिका रहेको अध्यक्ष आङदेम्बेले बार्षिक प्रतिबेदन मार्फत सदस्य हरुलाई जानकारी गराए ।

संस्थाका अध्यक्ष जयश्वर आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन शिवसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्राले गरेका थिए । उक्त सहकारी संस्थाको बार्षिक साधरण सभालाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले नगरकै पुरानो सहकारी मध्येको एक जनआस्था साकोसले शेयर सदस्यहरुको भावना अनुरुप काम गर्न सफल भएको भन्दै प्रशंशा गरे । उनले हाल आर्थिक तरलताको कारण धेरै सहकारी संस्थाहरुमा बितिय संकट आइरहेको अवस्थामा यस संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

सो अवसरमा संस्थाले बिभिन्न सदस्य हरुलाई नगद र सम्मान पत्रले सम्मा गरेको छ । यसरी सम्मानित हुनेमा असल निक्षेप कर्ता चन्द्रा आङदेम्बे , असल ऋणि गंगामाया सेम्बे लिम्बु, असल बाल बचत सदस्य समिना भण्डारी, र जेष्ठ सदस्य दिलबहादुर कुँवर लाई नगद सहित सम्मान पत्रले सम्मानित गरेको संस्थाका सदस्य रोमन लाम्गादेले जानकारी दिए ।
संस्था बिभिन्न सामाजिक गतिबिधिहरुमा सक्रिय हुनुको साथै सदस्यको मृत्यु हुदा नगद २५हजार र समबेदना पत्र सहित स्रदाञ्जली अर्पण गर्दछ भने सदस्यको एकाघर भित्र मृत्य भएमा नगद ५हजार र समबेदना पत्र सहित स्रदाञ्जली अर्पण गर्ने गरेको बताइएको छ ।

 

सो अवसर वाडा नम्बर ८का अध्यक्ष सन्तकुमार फेवदिन, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार शंकर , संस्थाका संस्थापक अध्यक्ष पदमशुन्दर भण्डारी लगायतले शुभकामना मन्तब्य सहित आ आफ्नो धारण राखेको कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गोपाल कुँवरले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिब गंगाप्रसाद ओझाले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्