बिश्वासिलो साकोसको अध्यक्षमा पुनः असिम राई

0
254

दमक । बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज १२औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

झापाको दमक ६ स्थीत मुख्य चोमा कार्यलय रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७९।०८०को असार मसन्त सम्ममा १करोड ४ लाख २२ हजार ६ सय सेयर पुँजी रहेको छ भने ३ करोड ७० लाख १२ हजार ५ सय २८ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष असिम राईद्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्छ, धेरै सदस्य बनाएर सेवा दिन नसक्नु भन्दा थोरै सदस्यबाट संस्था संचालन गर्नु संस्थाको हित हो भन्ने मान्यता लाई आत्मा साथ गरि संस्था अगाडी बडेको संस्थाका अध्यक्ष राईले बताएका छन । सहकारी भनेको समाजमा छरिएर रहेको सा साना पुँजी सिप र अनुभबलाई एकत्रित गरि सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संचालित संस्था भएकोले यस भित्र धनी गरिब सबै बर्गका मानीसहरु आबद्ध भएर संचालन गरिएको संस्था भएकोले समाज रुपान्तरणमा महत्व पुर्ण भुमिका रहेको अध्यक्ष राईले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन मार्फत सदस्य हरुलाई जानकारी गराए ।

त्सैगरि संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक खेमराज पौडेलले लेखा समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।अध्यक्ष र लेखा समितिको बार्षिक प्रतिबेदन हलको बन्दसत्रबाट सुझब सहित पारित भएको छ । संस्थाका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन दमक वडा नम्बर ६का अध्यक्ष टेकबहादुर थापाले गरेका थिए । उक्त सहकारी संस्थाको बार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले दमकमा संचालित सहकारीको भिडमा राम्रै कारोबार गरी साकोसले शेयर सदस्यहरुको भावना अनुरुप काम गर्न सफल भएको भन्दै प्रशंशा गरे । उनले हाल आर्थिक तरलताको कारण धेरै सहकारी संस्थाहरुमा बितिय संकट आइरहेको अवस्थामा यस संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

सो अवसरमा संस्थाले बिभिन्न सदस्य हरुलाई नगद र सम्मान पत्रले सम्मा गरेको छ । यसरी सम्मानित हुनेमा दैनिक बचतकर्ता द्धोय मनिकुमार सरुमगर र बिषल सिटौला, क्रमिक बचतकर्ता द्धोय युवराज पाठक र सुखमति लिम्बु ,आवधिक बचतकर्ता राममाय बस्नेत ,बाल सुनौलो भबिश्य बचतकर्ता मिहाङ राई ,अनिबार्य नियमित बचतकर्ता भिममाया नेम्बाङ्ग ,दैनिक असल ऋण कारोबार गर्ने पत्रा श्रेष्ठ, अनुषा राई, देबराज श्रेष्ठ ,टिकाराम भण्डारी र मासिक असल ऋण कारोबार गर्ने अनिता बिश्वकर्मा र लक्ष्मिमाया नेम्बाङ्गलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका बजार प्रतिनिधि आनन्द धिमाललाई बर्ष उत्कृष्ट कर्मचारी पुरस्कार द्धारा सम्मान गरिएको संस्थाका ब्यबस्थापक हरिप्रसद दाहालले जानकारी दिए ।

त्यसैगरि आज नै संस्थाले नयाँ संचालक समिति समेत चयन गरेको छ ।समितको अध्यक्षमा पुनः असिम राई, उपाध्यक्षमा सम्झाना साँवा लिम्बु , सचिबमा सुमनकुमार राई, सदस्यहरुमा क्रमशः नारायण प्रसाद खरेल, अनिमा तामाङ्ग ,निर्माला लावती, युबराज दंगाल सर्बसम्मत चयान भएको निर्वाचा समितिका संयोजक अनिलदेब राईले जानकारी दिए । उनक अनुसार लेखा समिति र सल्लाहाकार समिति पनि सर्बसम्मत चयान भएका छन जसमा लेखा सुपरिबेक्षण समितको संयोजकमा पुनः खेमराज पौडेल चयन भएका छन भने सदस्य हरुमा क्रमशः कबिता फागो र माया राई चयन भएका छन । त्यस्तै सल्लाहाकार समितिको संयोजकमा बिक्रम सुब्बा र सदस्यहरुमा रजिन राई ,देबेन्द्र चेम्जोङ चयन भएका छन ।
उपाध्यक्ष सम्झाना साँवा लिम्बुले स्वागत मन्तबय बोलेको कार्यक्रमको संचालन सचिब सुमनकुमार राईले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here