डुँडामारी समाजसेवी क्लब द्वारा बजार क्षेत्र सरसफाई

0
384

डुँडामारी । डुँडामारी समाजसेवी क्लबले आज डुँडामारी बजार क्षेत्रमा सरसफाई गर्नुका साथै डेँगीको लार्भा नष्ट गरेको छ ।

क्लबले आज जुँगे चोकमा एक कार्यक्रमको आयोजना गरि सरसफाई सहित डेँगीको लार्भा नष्ट गरेको हो । यो मौसम परिवर्तन संगै तराई भेल्टमा डेँगीको बिरामीको प्रकोप दिनानु दिन बड्न थाले पछि डुँडामारी बजार आसपासका क्षेत्रमा सरसफाई संगै डेँगीको लार्भा नष्ट गरेको क्लबका अध्यक्ष सन्तकुमार आङदेम्बेले बताए । उनका अनुसार क्लबले समाज रपान्तरणको लागि बिभिन्न काम गर्दै जाने बताए ।
सो अवसरमा बजार क्षेत्रमा जमेको पानी , पुराना टायर , गमला , फ्रिज लगायातको जमेको पानीमा भएका लार्भाहरु नष्ट गरिएको थियो ।

सरसफाई अभियानमा निम्बस इङ्गलिस स्कुल र भगवती आधारभुत बिद्यालयका स्काउ बिद्यार्थी साथै राधाकृष्ण कृतन मण्डली र पाथीभरा कृतन मण्डलीका सदस्य लगायत स्थानीय १सय बडिको सहभागिता रहेको थियो । उक्त अवसरमा निम्बस इङ्गलिस स्कुल संस्थापक प्रिन्सिपल राजेन बुढाथोकी, र स्थानीय समाजसेबी गोपाल कुँवरले यस कार्यको प्रशंसा गर्दै कार्यसफलताको शुभकामना दिएका थिए ।

डँुडामारी समाजसेवी क्लबल यहि असोज ९गते मात्र बिधिबत रुपमा नगर पालीकामा दर्ता भएको हो । यस क्लबको अध्यक्षमा सन्तकुमार आङ्गदेम्बे, उपाध्यक्षमा खेमप्रसाद उप्रेती ,सचिबमा कमलप्रसाद पौड्याल, सहसचिबमा शान्ति तामाङ्ग , कोषाध्यक्षमा सन्दिप भण्डारी रहेका छन तयसैगरि क्लबको सदस्यहरुमा क्रमशः भगिरथ घिमिरे, तिर्थकुमार निरौला , सुमन चेम्जोङ्ग, मनमाया आङ्गदेम्बे, निर्मला राउत मिश्र र लक्ष्मि सम्बाहाम्फे रहेको जनाइएको छ ।

कलबको पहिलो बैठकबाट ०८१ सम्ममा एक थान एम्बुलेन्स खरिद गरि संचालन गर्ने निर्णय समेत गरेको छ भने डुडामारी बजार देखि फाक्तेप सम्म सडक बत्ति जडान गर्ने र साबीक सातासीधाम १ नम्बर वडा हाल टोल नम्बर १का प्रत्यक घरको तथ्याङ्ग संकलन गरि घर नम्बर प्लेट टाँस गर्ने लक्ष्य रहेको क्लबका सचिब कमलप्रसाद पौड्यालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here