कमलगाउँपालिका स्तरीय कराँते तथा वडास्तरीय खेलकुद हुने

0
423

झापा, पाैष २५ /  कमल झापाको कमल गाउँपालिका ६ मा प्रथम गाउँपालिका स्तरिय कराँते तथा वडास्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।

खेलकुद बिकास समिती वडा नम्बर ६ को आयोजनामा हुने सो प्रतियोगिता आगामी माघ ३, ४ र पाँच गते तिन दिन हुने खेलकुद बिकास समिती संयोजक दिपक खड्काले बताए । स्वास्थ्यका लागी खेलकुद , राष्ट्रका लागी खेलकुद ,भन्ने नाराका साथ खेलकुदको दिगो बिकासमा सहयोग गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्न लागेको खड्काले बताए । प्रतियोगिता स्थानिय बाणी माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताका बिजेतालाई प्रमाण पत्रसहित मेडल प्रदान गरिने बताइएको छ । जसमा कराँते प्रतियोगीतामा गाउँपालिकाका सबै वडाका खेलाडीहरुले सहभागिता जनाउँन पाउने र अन्य खेलमा भने वडाका विभिन्न टोलहरुको सहभागिता हुनेछ । खड्काका अनुसार टोलका खेलाडीहरुबाट नै वडास्तरीय खेलाडीहरुको छनोट गरिनेछ । प्रतियोगिता सञ्चालनका लागी विभिन्न उपसमितीहरु पनि बनेका छन् । जसमा हरीमाया राईको संयोजकत्वमा कराँते, विवेक लिम्बूको संयोजकत्वमा फुटबल , हर्क रायको संयोजकत्वमा भलिबल , अङ्कित खनालको संयोजकत्वमा क्रिकेट ,यस्तै किरण थुलुङ्गको संयोजकत्वमा ब्याटमिन्टन, प्रलाद खड्काको संयोजकत्वमा चेस, धरणी भण्डारीको संयोजकत्वमा दौड , सुजन भटट्राईको संयोजकत्वमा प्रचारप्रसार उपसमिती बनेको खड्काले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागी ५ लाख खर्च हुने अनुमान गरीएको छ । त्यसका लागी गाउँपालिकाबाट २ लाख ५० हजार र बाँकी स्थाािनय चन्दादाताहरुबाट प्राप्त हुने खड्काले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here