किरात राई यायोक्खालाइ खुशिकाे खबर स्मारिका प्रकाशन गर्ने यस्ताे हुदैछ तयारी

0
359

झापा, २५ पाैष /  किरात राई यायोक्खा जिल्ला कार्य समिमिति झापाले स्मारिका प्रकाशन गने भएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको मिति २०७६ कार्तिक ३० गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

किरात राईहरुको साझा संस्थाको रुपमा स्थापित किरात राई यायोक्खा झापामा स्थापना भएको करिब ३० वर्ष पुगिसकेकोछ । यस बीचमा संस्थागत रुपमा भएको गतिविधिहरुको अभिलेखीकरण गर्दै यायोक्खा झापाको दस्तावेजको रुपमा प्रकाशन गर्न लागिएको छ । फागुन पहिलो हप्तासम्म प्रकाशन गरिसक्ने लक्ष्य राखिएको स्मारिकाका लागि आवश्यक छलफल, अन्तरक्रियासँगै लेख रचना संकलन साथै आर्थिक रकम संकलन भइरहेको छ ।  “किरात राई यायोक्खा झापा स्मारिका २०७६” नाम प्रस्ताव गरिएको स्मारिका प्रकाशनका लागि स्मारिका प्रकाशन उपसमिति गठन गरी काम अघि बढिरहेको जनाएको छ । सुसन रुङमाहाङ राईको संयोजकत्वमा ७ सदस्यीय स्मारिका प्रकाशन उपसमिति निर्माण भएको छ ।
करिब १० लाख ६० हजारको अनुमानित लागतमा प्रकाशन सम्पन्न हुने स्मारिका प्रकाशन समिति सदस्य केडी रार्ईले बताउनुभयो । उहाँले भन्नुभयो– किरात राई यायोक्खा झापाको दस्ताबेजको रुपमा स्मारिका प्रकाशन गर्न लागेका छौं । स्मारिका प्रकाशन सहयोगका लागि व्यापार व्यावसयी÷संघ संस्थाहरुको शुभकामना÷सुचना÷विज्ञापन वापत रकम संकलन गर्नेछौं साथै “किरात राई यायोक्खा झापा स्मारिका २०७६” प्रकाशन सहयोगी भनेर रु १ हजार भन्दा माथि रकम संकलन भइरहेको छ यसमा तपाइहरु सबैको सहयोगको अपेक्षा गर्दछौं ।


“किरात राई यायोक्खा झापा स्मारिका २०७६” प्रकाशन सहयोगार्थ रु १ हजार भन्दा माथि प्राप्त रकम स्मारिका प्रकाशन सहयोगी भनेर प्रकाशन गरिने र एक प्रति स्मारिका प्रदान गरिने बताइएको छ । प्रकाशन सहयोगी तर्फ ५ हजार भन्दा माथि प्रदान गर्नुहुन सहयोगीहरुको फोटो (संक्षिप्त पारिवारीक विवरण) सहित स्मारिकामा प्रकाशन गरिने र एक प्रति स्मारिका प्रदान गरिने प्रकाशन समितिका सदस्य सुशिल कुमार राईले बताउनुभयो ।  किरात राई यायोक्खा झापाले ३० वर्षे इतिहास कायम गरिसकेको तर हालसम्म कुनै पनि गतिविधिहरुलाई दस्ताबेजको रुपमा अभिलेख गर्न नसकिरहेको अवस्थामा यायोक्खा झापाको इतिहासलाई यो स्मारिकामा समावेश गरिने यायोक्खा झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताउनुभयो । यायोक्खा झापा स्थापना भए देखी हालसम्म धेरै व्यक्तित्वहरुको योगदानको कारण यायोक्खा यो स्थानमा छ तर उहाँहरुको योगदान र गतिविधि अभिलेख नगरेका कारण पछिल्लो पुस्ताले नचिनिरहेको अवस्थामा यो स्मारिका एउटा गाइडलाइन बन्ने विश्वाश व्यक्त गर्नु भयो ।

झापामा किरात राईहरुको अवस्थाको बारेमा केही बुझ्न पने भयो भने किरात राई यायोक्खा झापा स्मरिका २०७६ ले प्रष्ट पार्ने गरीको स्मारिका प्रकाशनमा जुटिरहेको स्मारिका प्रकाशन उपसमितिका संयोजक सुसन रुङमाहाङले बताउनुभयो । उहाँले भन्नुभयो – स्मारिकालाई साचै स्मरण योग्य बनाउनका लागि विभिन्न विषयहरुमा विषय विज्ञज्यूहरुलाई लेख लेखिदिनका लागि अनुरोध गरेका छौं । स्मारिकामा झापामा बसोबास गर्ने किरात राई समुदायको इतिहास र वर्तमानको अवस्था, उनीहरुको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक अवस्था, लोक साहित्य, मौलिक सम्पदाहरुको चिनारी, भाषा, परम्परा, भेषभुषा लगायतको विषयवस्तु समेटिने छ ।

स्मारिकामा झापा जिल्ला भरी विभिन्न विद्या क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल किरात राई व्यक्तिहरुको व्यक्ति परिचय समेत राखेनेछ । झापा भरिका किरात राई जनप्रतिनिधिहरुको विवरण, किरात राई यायोक्खा झापाले झापा भरीका किरात राईहरुको सामे पाछा सहित नामवली संकलन गरेको जस्लाइ यस स्मारिकामा प्रकाशन गरिने छ । त्यसका साथसाथै झापाभरीका किरात राई यायोक्खाका आजिवन सदस्यहरुको नामवली, किरात भवन सहयोगीहरुको नामवली, सुप्तुलुङ छेन्बी लोक्ता, यायोक्खा झापाको मातहतमा रहेका विभिन्न कोषहरुको विवरण स्मारिकामा राखिने छ । यायोक्खा झापा जिल्लाको मातहतमा रहेका सम्पूर्ण गाउँनगर तथा प्रा.स.हरुको समेत स्थापना भए देखी हालसम्मका सम्पूर्ण गतिविधिहरु स्मारिकामा समेटिने छ । झापामा ३७ वटा गाउँनगर तथा प्रा.स.हरु रहेका छन् भने ५ वटा भातृ संगठनहरु चलायमान रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here