आखिर कस्ले गर्याे गल्ति ? जमुना भन्छिन मैलै न्याय पाउनु पर्छ

0
2221

दमक, पाैष २३ /   एन आइसी एशिया बैंकको दमक देवकोटास्थित शाखाकी ग्राहक (बचतकर्ता ) झापा कमल गाउँपालिका वडा नं ५ की जमुनादेवी लिम्बुले ३० हजार रुपैयाँको आफ्नो बैंकिङ चेकमा केरमेट गरेर थप ५ लाख रुपैयाँ र अर्काे चेक बाट थप १ लाख रूपैया  बैंकका कर्मचारीले हिनामिना गरिदिएको भन्दै आफ्नो रकम फिर्ताका लागि माग  गरेकी छन् ।

उनले आज कमल ५ स्थित वडा कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो दुखले आर्जेको पैसा बैंकका कर्मचारीले हिनामिना गरेर ठगी गरेको गुनासो  गरेकी छन् । छोरा अाेकिल को अष्ट्रेलिया जाने रद्द भएपछि  फर्किएकाे पैसा कन्सल्टेन्सी लाइ  धेरै रकम  श्रीमानकाे नबिल बैककाे खातामा र  कम  रकम  जमुनाकाे खातामा  लगाएकाे र त्यही पैसा आए पछि आफु बैकमा गएकाे जमुना बताउछिन् । तर बैंक विवरण हेर्दा  कन्सल्टेन्सीले पैसा ठिक उल्टाे  कम रकम  श्रीमानकाे नबिल बैंककाे खातामा र  बढी पैसा जमुनाकाे खातामा जम्मा गरेकाे देखिएकाे छ ।

दुई चरणमा ६ लाख गायब, चेकको रकममाथि केरमेट

पत्रकार सम्मेलनमा जनाइए अनुसार जमुना गत बर्षको फागुन ७ गते आफ्नो खाताबाट ३० हजार रुपैयाँ रकम झिक्न  सानी भतिजीसंग बैंकमा पुगेकी थिइन । बैंकमा खातावाल लिम्बुको नाममा रहेको खाता मा रहेकाे रकम साेध्धा १ लाख ६० हजार छ भएकाे तर खाता  क्रियासिल नरहेको भन्दै बैंकका कर्मचारीले सोको प्रकृया शुरु गराएर, प्रकृया अधि बढ्न समयलाग्ने भए पछि बैंकबाट फर्किन् । जमुनाले केहि दिनपछि बैंकमा गएर नगद ३० हजार रुपैयाँ आवश्यक रहेको भनि रकम निकाल्नका लागि बैंकको सोधपुछ कक्षमा रहेकी एक महिला कर्मचारीलाई चेक बुक  दिएकाे र लेखपढ गर्न नजान्ने जमुनाले आफूलाई चेकमा आवश्यक विवरण भर्न नआउने भएकाले  कर्मचारीलाई ३० हजार रुपैयाँ चाहिएको छ भनेपछि कर्मचारीले चेक भरेर चेकमा सहि गर्न लगाइन ।

केरमेट गरिएको ५ लाख ३० हजार रुपैयाँको चेक र थाहै नपाइ निकालिएकाे भनिएकाे एकलाख काे चेक 
केरमेट गरिएको ५ लाख ३० हजार रुपैयाँको चेक र थाहै नपाइ निकालिएकाे भनिएकाे एकलाख काे चेक 

लिम्बुले  भनिन् – कता कता गर्नु भनिन मैंले त्यतै सहि गरें । समान्य लेख पढ भएकाेले सहिमा नाम लेखिदिएकी थिएँ । मैंले ३० हजार रुपैयाँ बैंकबाट लगेकी हुँ । पछि मेरो ३० हजारको चेकबाट  थप ५ लाख निकालेको रहेछ ।   लगत्तै डेढ माहिना पछी चैत २४ गते अर्को चेकबाट एक लाख  निकालेकाे बारे जमुना आफुलाइ थाहा नै नभएकाे  बताउछिन् ।  पैसा निकालेकै समयमा बैक बाट माेवाइलमा म्यासेज भने ५ लाख तिस हजार र अर्काे पटक एक लाखकै म्यासेज  आएकाे देखिएकाे छ ।

यता  लिम्बुले भनिन् आफू अंकमा र अक्षरमा लेखिएका दुवै रकम पढ्न नसकेको बताइन् । मैंले ३० हजार मागेकी थिएँ, ३० हजार पाएपछि नानीसंग घर फर्किएकी हुँ । फागुन ७  पछि  आफु उक्त बैंकमा नगएकाे बताउछिन् ।

कहिले थाहा भयाे त पैसा हराएकाे 

पैसा हराएकाे तब थाहा भयाे जब गत कार्तिकमा  जमुनाकाे श्रीमान घर आएको बेला  श्रीमानकाे  नबिल बैकमा रहेकाे खातामा रकम हेर्दा रकम नभएकाे  त्याे बेला सम्म धेरै रकम श्रीमानकै खातामा रहेकाे भन्ने लागेकाे तर कन्सल्टेन्सीले मेराे खातामा पठाएकाे  पत्ता  लागे  पछी बैंकमा गएर बुझ्दा रकम आएकाे तर  चेक प्रयाेग गरेर निकालेकाे  थाहा पाए  पछि रकम हिनामिना भएकाे कुरा थाहा भएकाे जानकारी गराइएकाे छ ।

पत्रकार सम्मेलनमा कमल ५ का वडाध्यक्ष डम्बर निरौलाले लेखपढ गर्न नजान्दा लिम्बु ठगिएको हुन सक्ने आफूले अनुमान गरेको र बैंकको दमकस्थित शाखामा पुगेर बारबार शाखा प्रमुख तीर्थ प्रधानसंग कुराकानी गरेको बताए । आफूहरुसंगको कुराकानीमा  चेक  धनी स्वयम हुदा केरमेट भएकाे चेकमा भुक्तानी दिने गरेकाे बताए ।

बैंककाे जवाफ 

बैकका दमक देवकोटा चाैक स्थित शाखाका प्रमुख तीर्थ प्रधानले बैंकले  आन्तरिक अनुसन्धान गरीसकेकाे छ । कर्मचारीले दुवै चेकमा सही मिलेकाे, चेककाे अगाडी मात्र नभएर भुक्तानि लिन आउदा समेत गर्न लाउने चेककाे पछाडिकाे पनि सहि मिलेकाे भएर रकम भुक्तानी भएकाे र बैंककाे आन्तरीक  अनुन्धाले पनि कर्मचारी गल्ति नदेखिएकाे भन्दै कर्मचारी बाट त्यसखालकाे गल्ती  नभएकाे बताए ।

जमुना आफु अन्यायमा परेकाेले थप कानुनी उपचारकाे लागि जाने साेचमा रहेकी छन् । बैंकले ग्राहककाे हितकालगी जमुनाले कानुनी उपचार खाेजे अनुसन्धानका लागी बैंकले सक्दाे सहयाेग गर्ने  पनि बताएका छन् ।

तर यहा चेक धनि स्वंम बैकमा उपस्थित हुदा मात्र भुक्तानी हुने  चेक जारी गरीएकाे छ । पहिलाेमा चेककाे धनि स्वंम उपस्थित भएर ३० हजार लागेकाे तर चेकमा भने ५ लाख ३० हजार लेखिएकाे र साे बराबरकाे रकम निकालएकाे छ । अर्काे एक लाखकाे  चेकमा पनि  चेक धनि स्वंम बैकमा उपस्थित हुदा मात्र भुक्तानि हुने चेक जारी गरेकाे छ । तर दाेस्राे चेक बारे जमुना  आफुलाइ थाहा नै नभएकाे बताउछिन् । बैंकले चेक भुक्तानी भएकै समयमा भुक्तानी  भएकाे रकमकाे जानकारी माेबाइलमा म्यासेजमा पठाएकाे देखिएकाे छ । छाेरा अाेकिलले आमाकाे खाताकाे  माेबाइल एप्लिकेशनमा उनकाे माेवाइलमा एक्टिभ गर्न खाेजेकाे तर नचलेर डिलिट गरेकाे बताए । याे घटना बाहिरिए पछि अन्य बैंकमा काम गर्ने कर्मचारी भन्छन्, कर्मचारी बाट याे खालकाे गतिबिधि गर्न अलि असम्भव  भएकाेले जस्ले गरेकाे हाे निकै चलाखि पुर्वक गरेकाे  बताउछन् । बैंकमा राखिएकाे सि सि टिभि फुटेज ९० दिन सम्म मात्र रहने भएकाेले  गल्ति कसकाे हाे  थाहा  हुन नसकेकाेले घटना  लम्बिएकाे जानकार हरू बताउछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here