सर्ने भयाे बेलडागी बजार, १ करोड ३२ लाखमा नया बजार बन्दै

0
567

दमक ३ स्थित वेलडाँगी वजारलाई व्यवस्थित गरिने भएको छ । वेलडाँगी वजारलाई थप व्यवस्थित वनाउन धमाधम संरचना निर्माणका कामहरु भईरहेका वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष नविन बरालले लुथरन विश्व फेडरेशनको हेवीटेट नामक संस्थासहित नगरपालिकाको रु १ करोड ३२ लाख रुपैयाको लगानीमा वजार स्थलमा संरचना निर्माणका कामहरु भईरहेको वताए । तीन महिनादेखि शुरु भएको संरचना निर्माणको काम चालु आर्थिक बर्ष भित्र सम्पन्न हुने उनले वताए ।


निर्माणाधिन वजार भित्र दैनिक उपभोग्यदेखि अन्य विभिन्न किसिमका ७० वटा व्यवसायिक कवल रहने छन् । वजार क्षेत्रलाई घेराबेरा , चौकीदार भवन ,शौचालय कक्ष तथा पसल कवलहरुको कामहरु भईरहेको उनले जानकारी दिए । भुटानी शरणार्थी शिविर वेलडाँगी २ र ३ क्षेत्रका अव्यवस्थित वजारलाई थप व्यवस्थित गर्दे ग्राहकहरु लक्षित वनाउन पसल कवल निर्माण भईरहेको वडाध्यक्ष वरालले वताएका छन् । ती संरचना निर्माण भएपछि त्यस क्षेत्रका पसलहरु एकीकृत गरि साताको एक दिन हाटवजार समेत लगाउने योजना रहेको उनले वताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here