शहिद नेपालको ४० औं स्मृति दिवस तथा हरि नेपाल स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभा सम्पन्न

0
447

दमक, १४ पाैष / प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शहिदहरूले कल्पना गरेको समाज निर्माणमा अघि बढ्नु अहिलेको आवस्यकता रहेको बताएका छन् ।

शहिद हरि नेपालको ४० औं स्मृति दिवस तथा हरि नेपाल स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभाको आज दमकमा उद्घाटन गर्दै मन्त्री कार्कीले आफुहरूले पाएको जिम्मेवारी बाट शहिदहरूको सपना पुरा गर्न लाग्ने बताउनु भयो । शहिदहरूले सामाजिक न्याय सहितको लोकतन्त्र स्थापना गर्न प्राण दिएको बताउँदै उहाँले समता मुलक समाज बनाउन अहिलेको नेतृत्व लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको नेतृत्व शहिदले सोचेको समाज बनाउने अभियानमा छ कि छ्रैन भनेर गम्भिर समिक्षा गर्ने बेला भएको बताए । दुई चार जना अगुवाको जिवन स्तर परिवर्तन हुने भन्दा पनि सबै नागरिकको जिवनस्तर परिवर्तन भए मात्रै शहिदको सपना साकार हुने मन्त्री कार्कीले बताए ।

प्रतिष्ठानका अध्यक्ष नेत्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन राई, दमक नगरपालीकाका प्रमुख रोमनाथ ओली, शहिद हरी नेपालकी बहिनि रमा नेपाल लगायतले बाेलेका थिए । बिक्रम सम्बत २०३६ सालमा तत्कालीन प्रशासनले हरि नेपाललाई संखुवासभामा गोली हानि हत्या गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here