बहुमुखी क्याम्पस खेलकुद सप्ताह समाप्त, मन्त्री कार्की द्वारा क्याम्पस भवनको सिलान्यास

0
567

दमक, १४ पाैष / प्रदेश न १ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मुलुकको विकासका लागी पहिलो प्राथमिकता सक्षम जनशक्तिको उत्पादन रहेको बताउनु भएको छ ।

आज दमक बहुमुखी क्याम्पसद्धारा आयोजीत नव निर्मीत क्याम्पस भवनको सिलान्यास कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । सक्षम जनशक्तिले मात्र देशको बिकास संभव रहेको बताउँदै  प्रमुख अतिथि कार्कीले सक्षम जनशक्ति उत्पादनमा केन्द्रित हुन शैक्षिक संस्थाहरुलाई आग्रह समेत गर्नुभयो । त्यस्तै बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दमक नगरको सुरक्षाका लागि उहाले दमक नगरपालीका भरी सी सी क्यामरा समेत जडान गर्ने तयारी भईरहेको बताउनुभयो ।

दमक बहुमुखी क्याम्पसमा नवनिर्मित भवन चैत्र सम्ममा सम्पन्न गर्न समेत उहाले सुझाव दिनुभयो । क्याम्पसको हितका लागि उहाले आफुले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । साथै उहाले सोही कार्यक्रममा दमक नगरपालिकामा चाँडै नै बन बिज्ञान क्याम्पसमा संचालनमा ल्याउने तयारी भईरहेको बताउनुभयो । प्रदेश सभाका सभासद अर्जुन राइ,  दमक ९ का वडा अध्यक्ष राम बहादुुर धिमाल, समाजसेवी देउकुमार नेम्माङ लगायतकाे उपस्थितपी रहेकाे उक्त  कार्यक्रममा उच्च शिक्षा सुधार परियोजना अन्र्तगत निर्माण हुन लागेको नवनिर्मित भवनको मन्त्री कार्कीले शिल्यान्यास समेत गर्नुभएको थियो । सोही अवसरमा दमक बहुमुखी क्याम्पस द्धारा आयोजित खेलकुद सप्ताह २०७६ को पुरस्कार समेत वितरण गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here