दमकमा एनएमबि बैंकको बित्तीय साक्षरता अभियान

0
800

दमक / एनएमबि बैंकले बित्तीय साक्षरता अभियानलाई तिब्रता दिएको छ ।

अभियान अन्तरगत आज प्रदेश नं. १ कार्यालयले प्रदेश नं. १ भित्रका विभिन्न शाखाहरुको सहभागितामा झापाको दमक नगरपालिकाको विभिन्न वडाहरुमा अभियान संचालन गरेको हो । बित्तिय साक्षरता, बित्तीय परामर्श, महिला उद्यमि कर्जा तथा अन्य कर्जा सम्बन्धि जानकारी तथा बचत गर्ने बानिको विकास गरौ भन्ने नाराका साथ एक–घर–एक खाता घरदैलो कार्यक्रम पनि सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रम अन्र्तगत २ हजार भन्दा बढी व्याक्तिहरु सँग प्रत्यक्ष भेटघाट गरी वित्तीय सचेतना, ५ सय वटा बचत खाता संकलन र १८० जनालाई विभिन्न किसिमका कर्जाहरुको बारेमा जानकारी गराइएको कार्यक्रमका संयोजक प्रकाश निरौलाले जानकारी दिएका छन् । त्यसैगरी यस्ता कार्यक्रमहरु प्रदेश अन्तरगत अन्य विभिन्न स्थानहरुमा समेत नियमितरुपमा सञ्चालन गरीने प्रदेश नं. १ प्रमूख उत्सव घिमिरेले जानकारी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here