७१ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस, दमकमा प्रभात फेरी (फाेटाे फिचर )

0
585

दमक, मंसिर २४ /  ७१ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज बिहान झापाको दमकमा प्रभात फेरी निकालिएको छ ।

राष्ट्रिय मानव अधिकारी प्रतिष्ठानको आयोजनामा भएको प्रभातफेरीमा विद्यार्थी, शिक्षक, अधिकारकर्मी , संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए । दमकको गणतन्त्र चोकबाट शुरु भएको प्रभातफेरी इलाका प्रहरी कार्यालय अगाडी हुँदै पुन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएकाे कोणसभालाई सम्बोधन गर्दै प्रमुख ओलीले लोकतन्त्रमा मात्रै मानव अधिकारको सम्मान हुने भएकाले अहिले सम्मका उपलब्धीहरुको रक्षा गर्न आवश्यक रहेको बताउनु भयो । प्रतिष्ठानका झापा शाखा अध्यक्ष नविन चापागाइँले मानव अधिकार दिवसको सान्दर्भिकता र महत्वबारे जानकारी गराउनु भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here