नेकपा नेता गगन पत्नीले मुख खोलिन , श्रीमान लाइ फसाउन खाेज्दै छन् ( भिडियाे सहित )

0
1512

दमक,मंसिर २२ /  नेकपा नेता गगन पुर फरार रहेको र घरमा प्रहरीले छापा मारेको समाचार विभिन्न सन्चार माध्यममा आएपछि उनकी श्रीमति केशावति पुरी (सिमा)ले त्यसको खण्डन गरेकी छिन ।

सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले पुरीलाई विहीबार पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भए पछि पुरी फरार रहेको र उनको घरमा प्रहरीले छापा मारेर विभिन्न समाग्री बरामद गरेको भन्ने समाचार सार्वजानिक भएका थिए । शनिवार झापाको दमकमा पत्रकार सम्मेलन मार्फत सिमाले अदालतले पक्राउ पुर्जी जारी गरे पनि समाचारमा आएजस्तो आप्नु घरमा प्रहरीले छापा नमारेको बताएकि हुन ।

उनले वितरण गरेको विज्ञप्तिमा मङ्सिर १९ गतेका दिन मेरो श्रीमान रेवतराज पुरी गगन प्रति लक्षित गरि प्रकाशन र प्रसारण भएका विभिन्न कपोलकल्पित र भ्रामक समाचार प्रति गम्भीर आपति रहेको भनिएको छ । विज्ञप्तिमा सम्बन्धित पक्षसग सम्पर्क नगरि र सुचनाको स्रोत समेत नखुलाई प्रकाशित समाचार निन्दनिय छ , समाचारमा उल्लेख भएजस्तो आफनु घरमा प्रहरीले छापा मारेको छैन र विभिन्न सामाग्री बरामद कसरी भए ? यदि त्यस्तो भएको भए तथ्य र प्रमाण ल्याउन समेत चुनौति दिईएको छ । विज्ञप्तिमा गगन फरार नभएको र फरार हुनुपर्ने कुनै कारण नभएको उल्लेख गरीएको छ ।

तर पुरीलाई दमक नगरपालिका–८ स्थित सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको आरोप लागेको छ । पुरी पूर्व एकीकृत माओवादी केन्द्रका नेता तथा दमक–रबि चिसापानि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत हुन्।

भिडियाे हेर्नुहाेस् 

https://www.facebook.com/104898257619251/videos/453581085597320/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here