डिजी सर्भिस सप्ताहकाे पाँचाै दिन इस्टर्न लायन्स द्वारा बाल बालिका लाइ न्यानाे कपडा बितरण 

0
539

दमक / लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले निशुल्क न्यानाे कपडा बितरण  गरेकाे छ ।

लायन्स क्लब इन्टरन्यासनल डिस्टिक 325 A1 को डिसेम्बर १ देखि सुरू भएकाे डिस्टिक गभर्नर सप्ताह काे पाचाै  कार्यक्रम अन्तरर्गत समाजमा आफ्नाे फरक पहिचान बनाएकाे  लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले  एरीया काेअर्डिनेटर प्रहर क्षेत्रीकाे प्रमुख आतित्यमा  दमक २ मा रहकाे हाम्राे बाल आश्रममा रहेमा ७ जना बाल बालिका हरूलाइ करिब १५ हजार मुल्य बराबर काे न्यानाे कपडा  निशुल्क बितरण गरेकाे छ ।  उक्त सामाग्री लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका सदस्य साेनु जिन्दलले  उपलब्ध गराएका हुन् ।

साेही स्थानमा  लियो क्लब अफ दमक इस्टर्न लायन्सले  अन्तराष्ट्रिष लियाे दिवसकाे अवसरमा  केक काटी आफ्नाे  लियाे ६२ अाै अन्तराष्ट्रिष दिवश मनाएकाे थियाे ।  साे अवसरमा क्लब पधादीकारी तथा बाल आश्रमका पधादीकारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

आइतबार  बाट सुरूभएकाे साप्ताहिक कार्यक्रम डिजी सर्भिस सप्ताह २०१९ अन्तर्गत पहिलाे दिन आइतबार डिसेम्बर १ का दिन विश्व एच आइ भी एड्स दिवसकाे अवसरमा डा.अमृत कुमार पाेख्रलका सहयाेगमा दमकका चालिस जना बिध्यार्थीहरूलाइ एच आइ भी एड्सका जस्ताे प्राणघातक रोगका बारेका जनचेतना मुलक कार्यक्रम गरीएकाे थियाे भने दाेस्राे साेमबार दमक चाैकमा रक्तदानकाे कार्यक्रम गरीएकाे थियाे त्यसै गरी मंगलबार अपाङ्ग दिवसकाे अवसरमा निशुल्क पिउने पानि बितरण गरीएकाे थियाे । चाैथाे दिन कमल गाउपालिका  ६ स्थित नुतन एग्राे इण्ड्रटिजका ६७ जना  मजदुरहरूकाे निशुल्क मधुमेह परिक्षण शिबिर सम्पन्न गरेकाे थियाे

अन्य कार्यक्रमहरूमा  डिसेम्बर ६ मा दमक ५ स्थित धनेश्वर मन्दिर सरसफाइ र डिसेम्बर ७ मा सप्ताहकाे अन्तिम कार्यक्रम अन्तर्गत बिहान दमक ४ मा रहेकाे रत्न बृद्व आश्रममा रहेका बृद्वहरूलाइ खाना खुवाइ दिउसाे लियो क्लब र लायन्स क्लब अफ दमक इस्टर्न लायन्स बिच मैत्रीपुर्ण फुटसल खेली डिजी सर्भिस सप्ताह २०१९ काे समापन गर्ने लायन्स क्लब अफ दमक इस्टर्न लायन्स का अध्यक्ष तुलसीराम तिम्सिनाले जनाकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here