स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल : आयोजक दमक लखनपुर भेट्रान क्लब बिजयी

0
495

दमक ,१८ मंसीर । झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुँगीमा सञ्चालित स्व.मेजर टंक राई स्मृति पाचौ भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक दमक –लखनपुर भेट्रान क्लबले जितेको छ ।

उपाधिका लागि आज भएको फाइनल खेलमा हाम्रो इटहरी भेट्रान क्लब सुनसरीलाई शुन्यका विरुद्ध १ गोल गर्दै आयोजकले उपाधि जितेको हो । मध्यान्तरसम्म गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको २८ औ मिनेटमा जर्सी नम्बर १२का अम्बर लिम्बुले निर्णायक गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । लिम्बुले गरेको गोल नै उपाधि जित्नका लागि निर्णायक बन्न पुग्यो ।

उपाधिसंगै आयोजकले नगद १ लाख ५ हजार रुपैयाँ पुरस्कार राशीसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता हाम्रो इटहरी भेट्रान क्लबले नगद ५५ हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलको म्यान अफ दी म्याच बिजेता टिमका गोल रक्षक सुबास मेचे घोषित भए ।

विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले पुरस्कार तथा प्रमाण पत्र वितरण गरिन् । ढल्किदो उमेरलाई खेलकुदको माध्यमबाट स्वास्थ्य रहन सकिन्छ भन्ने सन्देशसहित भेट्रान खेलको आयोजना गरिएको खेल संयोजक मिन मगरले बताए । कमल गाँउपालिका ५ स्थित गुहेश्वरी खेल मैदानमा गत १५ गते देखि शुरु भएको सो प्रतियोगितामा झापा ,मोरङ र सुनसरीका गरि ८ टीमले सहभागिता जनाएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here