दमकको गणतन्त्र चोकमा शनिबार बृहत रक्तदान  हुदै

0
388

दमक /  शनिबार दमकको गणतन्त्र चोकमा बृहत रक्तदान  हुने भएको छ ।

रोटरी क्लब अफ दमकको ९ औ स्थापना दिवसको अवसरमा यहि  मंसीर १४ गते शनिबार दमकको गणतन्त्र चोकमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । बिहान ७:३० बाट सुरु हुने उक्त कार्यक्रमको सबै तयारी सकिएको रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाईंले बताउनु भयाे ।

रोटरी क्लब अफ दमकले दमक तथा आसपासका विभिन्न क्षेत्रमा मानविय सेवाका विविध कार्यहरु गर्दै आइरहेको छ ।खानेपानी सरसफाइ जनचेतना स्वास्थ शिविर शैक्षिक सुधारका कार्यक्रम हरू गर्दै अाएकाे छ ।  सामाजिक काममा सक्रिय रोटरी क्लबले यो वर्ष भरी दमक नगरका सबै सामुदायिक बिद्यालयहरुमा हात धुने सचेतनामुलक कार्यक्रमकाे अायाेजना समेत गर्न लागेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here